Thinking is For brainstorming ideas. Writing is For connecting old ideas. Speaking is For giving a voice to emotions. Watching is For exploration. Reading is The very complicated form of watching to explore and learn. That’s why a good picture, An art or a video is Worth the attention. Listening to music is Shortcut to […]
इन्द्रिय बासना सम्हाल्न भगवानलाई पनि हम्मे हम्मे परेर त होला सृष्टिकर्ता बिष्णुले सुती-सुती संसारको संरचना तयार पार्ने ! सुती-सुती, लिला गर्ने ! सुती-सुती, सृजना गर्ने !
भोको, प्यासो अनि अनफेड दिमाग जसले जे भन्यो त्यसकै कुरो सुन्न तिर लाग्छ । त्यसकै पछि लाग्छ । दिमाग फ्री र स्वतन्त्र राख्न उसलाई प्रसस्त खुवाउनु पर्छ । दिमागको आहार ज्ञान हो । उसलाई ज्ञान खुवाउनु पर्छ । स्वस्थ दिमागले मात्र आफुलाई के चाहिन्छ कहिले चाहिन्छ कति मात्रामा चाहिन्छ को बाट चाहिन्छ कसरी लिने अनि […]
नेपाल बाहिर बस्ने मित्र तपाईलाई विदेश जान मन लाग्यो भने नेपाल आउनुहोला नेपाल ठिकै छ !
Kintsugi (金継ぎ, “golden joinery”) आफ्नो बिगत या वर्तमानका नमिठा अनुभवहरु बिग्रेका सम्बन्धहरु नराम्रा परिस्थितिहरु लाई फुटेका भाँडा सम्झेर सुन, चाँदी भन्दा महङ्गा सकारात्मक सोचले जोडेर अझै राम्रा बनाउनु ।
ग्राहक भनेको के हो ? ग्राहक ले के खान्छ ? ग्राहक कहाँ सुत्छ ? ग्राहक सँग कति पैसा छ ? ग्राहक सँग कसरी भेट हुन्छ ? ग्राहक ले दिन गफ गरेर बिताउछ कि के गरेर ? ग्राहकका समस्या के के छन ? ग्राहक कस्तो हुन्छ ? ग्राहकलाई के मन पर्छ ? के सस्तो मात्र खोज्छ […]
कन्फिडेन्स केही कुरामा असफल भएसी आउँछ । सुरुमै आँउदैन ! गाह्रा, अप्ठ्यारा काम कुरा गर्न खोज, सिक्न खोज असफल होउ ! केही नयाँ सुरुवात गर, असफल होउ ! जति असफलता हात पर्छ कन्फिडेन्स त्यति बढेर आउँछ । प्र्याक्टिसले ल्याउने निखार हो कन्फिडेन्स होईन । तिमी कहिल्यै असफल भएनौ भने तिमी कन्फिडेन्स पनि हुँदैनौ । असफलता […]
आफुले खोजेको के हो? आफ्नो चाह के हो? आफ्ना इक्षा के हुन? आफ्नो दक्ष के हो? आफ्नो खुबी के हो? आफ्नो क्षमता कति हो? आफ्नो सामर्थ्य के हो? अनि, आफुलाई रोक्ने के हो? गर्न नदिने के हो? अड्चन हाल्ने केस्ले हो? आफ्नो बाधा के हो? आफ्नो ध्यान के ले खाईरहेछ ? आफुलाई लागिपर्न नदिने के […]
जे गर्दा आफुलाई आनन्द आउँछ जे गरेर बिना संकोच घन्टौँ बिताउन सकिन्छ र जो गरे बापत पैसो कमाई भएन भनेर चिन्तित भईन्न त्यो आफ्नो हबि हो । सोख हो ।
लिनु छ भने काम सक्दिनु अघि लिनु । काम सक्दिएपछी के हो के हो ! काम सुरु गर्नु अघि लिनु । सुरु हुने पुष्टि हुन्छ । सकिन्छ दैनिक, साप्ताहिक वा मासिक लिनु । कामले निरन्तरता पाँउछ । जाँगर बढाउँछ ! पैसो बिना, काम, काम हुदैन सहयोग हुन्छ । र सहयोगमा लेनदेन नसोच्नु । काम हो […]
मान्छेलाई गम्न नदिनी चाहेको कुरा नमिल्नी गर्न खोजेको कुरा नहुनि ! सोच नअडिनी सम्बन्ध टुट्नी साथहरु छुट्नी ! समय नरोकिनी पैसोले नपुग्नी हजार टन खाएनी पेट नफुट्नी ! सधैं लिनि छड्नी गरिरहेको आफ्नै स्वासको अनुभूति गर्न समय नपुग्नी ! खएर जिन्दगी यहि सहि भोग्न दिएकोमा सर्जकमा कोटिकोटी नमन !
भौतिक र सांसारिक रसमा रम्ने हुँदो हुँ त अमेरिका छाढ्थिन होला ! आफू ज्ञानको पारखी । सत्य र धर्म पथको सारथी । भगवानसंग जोडिने आशावादी ! अब अध्यात्म ज्ञान भेट्न नेपाल भन्दा उत्तम तपोभूमी यो संसारमा कहाँ पो होला र? 2079, Falgun #manasha
दाई म २२ बर्षको केटोले नेपालमा कहाँ गाडी चडेर हिंड्न् सक्थेँ होला र ? अनि कहाँ धनी-धनाड्यले सपिङ गर्ने ठाउँमा आफ्नो ग्रोसरी सपिङ गर्न पाउँथे र ! मलाई यहीँ ठाउँ ठिक छ । यो देशले मागेर हैन काम गरेर खान सिकाएको छ । धनी गरिब नभनिकन सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ । दाई म अब […]
कुलतमा नफस कुसंगतमा नपर । सोखहरु धेरै बनाऊ तर आफ्ना इक्षाहरुमा केही समय लगाम लगाऊ । आफुलाई काम/job मा समर्पित गर । अनि हेर पैसो कसरी फल्छ ।
तैले काम खोज्दै बस्ने हैन । कामले तँलाई खोज्दै आओस । तैले पैसो खोज्दै बस्ने हैन । पैसोले तँलाई खोज्दै आओस ।
पैसो पैसो बिक्रीमा छ !केल्ले किन्छौ ? परिश्रम ले (Labor)?शिप ले (Skill)?जागिर ले (Job)?पेशा ले (Profession)?ब्यापार व्यवसाय ले (Business)?उद्यमशीलता ले (Entrepreneurship)?दलाली ले (Brokerage)?सेवा ले (Service)?कारिगरी ले (Craftmanship)? कि अल्छि ले (Laziness) ?लाचारी ले (Helplessness) ?अन्जान ले (Unknowing) ?कि भाग्य ले (Luck) ? कि समय ले (Time) ?कि धर्मले (Belief) ?कि कर्म ले (Deed) ?कि ज्ञान […]
मान्छेले बुझ्दा सम्म धेरै र थोरैमा थोरै फरक छ । जब ज्यादै धेरै अनि ज्यादै थोरै जुन मान्छेको बुझाइ भन्दा टाढाको कुरा आउँछ धेरै र थोरै एकै हुन । त्यसैले धेरै धनी र धेरै गरिबहरु उस्तै हुन्छन् । जिन्दगी मिडल क्लास नै च्वास्सको हुन्छ !
चुम्बक को संगत पाउँदा फलाम चुम्बक बन्छ ! जस्तो संगत मा पर्यो मान्छे बिस्तारै त्यस्तै बन्दै जान्छ ।
हाम्रो पालामा काम गर्न खेत थियो भुल्न बारी थियो खेल्न चौर थियो । आजकल टिभी छ मोबाइल छ कम्प्युटर छ । खुला आकाश मुनि हुर्केकाले चार भित्ता भित्र हुर्केकाको मन कसरी बुझ्ने/बुझाउने?
यस्तो बत्ती जाँदा जाने तिहार के तिहार । निबुवाको पातको दुनोमा ज्योती बालेर जिम गए जिम गए भन्दै झिलिमिली पारेको तिहार पो तिहार ! गाइको गोबरले लिपेको आँगनमा बालखा हामिले भट्टयाएको देउसिरे वाला तिहार पो तिहार ! बजारिया भाइ मसलाका पोका पारेको तिहार के तिहार फिनि, चिनी, भेली रोटि झिलिङ्गा, ताता ताता सेल नरिवल, पान, […]
जसले संन्सार आफ्नो मान्छ उसलाई घर्म र अधर्मको परिधिले समेट्न सक्तैन ।
जिन्दगीमा हरिको ह पनि नसुनेका मानिसहरु ८०-९० बर्ष बाँचेकै छन् !
कुलत जाँड रक्सी भाँङ धतुरो गाँजा चरेस चुरोट खैनी बिँडि सुर्ती गुट्खा हुक्का चिलिम जर्दा पान ! लत चिया चिनी भात रोटी नुन तेल आलु मिठाइ तितौरा कोकाकोला ! कुलत ले मर्छौ कि लतले मर्छौ साथि ?
अरु हिन्दा आफू दौडिए जस्तो । अरु बस्ता आफू हिनिरहे जस्तो । अरु शान्त हुँदा आफू छटपटिए जस्तो । यो बेचैनी को स्रोत के हो ? के का लागी ?
५ बर्षको उमेरमा बिहे हुने जूग ।१० बर्षको उमेरमा बिहे हुने जूग ।१५ बर्षको उमेरमा बिहे हुने जूग ।२० बर्षको उमेरमा बिहे हुने जूग ।२५ बर्षको उमेरमा बिहे हुने जूग ।३० बर्षको उमेरमा बिहे हुने जूग ।३५ बर्षको उमेरमा बिहे हुने जूग । मान्छेलाई जति लामो समयपरिवार बसाउनबाटबन्चित राखियोत्यति देश विकसित हुने हो त ?
पानी परेपछी सबै अन्न, फलफूल तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि झरीमा रुझ्न मन लाग्यो !
मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए तर, नाककान त काटिएनन् । मेरो शरीरका राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]
मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ । हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा एकपल्ट लेखेका अक्षर आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]
आफ्नै जिवनको रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म आँगनका फूल छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले मेरै जिवनको फुल टिपेका हुन् ।
को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।
दिनभरी कामैकामले तन पनि मन पनि थाकेपछी सपना पनि निदाउँदो रहेछ ।
सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।
आमाले सम्झाउनुभयो छोरिको जातले सहनुपर्छ नानी । जस्तो पनि भोग्नु पर्छ । छोरिले धर्ती हुनसक्नुपर्छ !
म आफैलाइ देखेर जे कुराले रुन्छु मेरा आफन्तहरु मलाई देखेर त्यही कुराले रुँदैनन । तर, हाम्रा आँसु उस्तै हुन्छन् !
यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा ताल्चा लगाएर मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु ।
रहस्यहरु अँध्यारामा हुँदा रहेछन् उज्यालो भएपछि मात्र सत्य देखिने । कतिपय सत्यहरु डाँडापारी हुँदा रहेछन् । टुप्पामा पुगेपछी मात्र देखिने । कतिपय सत्यहरु सायद उज्यालोमा पनि देखिदैँनन् ।
पुरै अनुहार त कसरी भन्नू तिनले अँखा चिम्लिएका छन । अनुहारको केन्द्र अँखाविना अनुहार पूरा हुन सक्तैन । तिनको नाक चुपचाप छ । नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुनुरहेछ । सास नफेरेको अनुहारलाई अनुहार भनिन्छ कि भनिन्न ?
खै कसले हो ओढाएको सेतो कात्रो उल्टाएर तिनको अनुहार देखाइदिए । मैले हेरिदिएँ पुलुक्क ! यसरी पुरै अनुहार हेरेको यहि हो पहिलोपटक र अन्तिमपटक पनि !
चौतारो आयो । चौतारोले आउ न एकछिन बसेर जाउ भनेजस्तो लाग्यो । एकछिन थकाइ मार शितल ताप पसिना पुछ दुख बिसाउ अनि जाउ भनेजस्तै लाग्यो ।
ई कानले जे नि सुन्न पर्नी ! यी अँखाले जस्तो नि देख्न पर्नी ! यो जिवनले जस्तो नि भोग्न पर्नी !
बैशाखको मन्द बतास चलिरहेको छ । वरपिपलका पातहरु बताससँग सुस्तरी सासले बात गरिरहेका छन् । म भने एक्लै आफुसँग बात मारिरहेकी छु । एक्लोपनले आफैसँग कुरा गर्न र आफ्नो साथी आफैलाइ बनाउन सिकाउँदो रहेछ ।
मलाई आमाले पहिलोपटक दुई हत्केलाले उठाएर काखमा लिँदाको क्षण, पहिलोपटक नुहाइदिएको, आमाको पहिलो चुम्बन, पहिलोपटक मनतातो तेल लगाइदिएको क्षण, आमाले खुवाएको पहिलो गाँस, सुनेको र सिकेको पहिलो शब्द, असिम मायाले मेरो गालामा पारेको पहिलो प्याट्ट, पहिलोपटक आफैले फेरेको कोल्टे, चार खुट्टाले हिँडेको अनि दुई खुट्टाले आमाको हात समाएर थैथै गर्दै हिँडेको सम्झिन मन छ ।
यो उपन्यास संस्कृति नामको घनले टाउकोमा एकोहोरो ठोकेर उठ्नै नपाएका पात्रहरुको आँसु र पिडाको महाकाब्य हो । – सुशान्त गुरुङ, गरिमा मासिक
जीवनलाई जीवनबाट पन्छाएर होइन भोगेर मात्र राम्ररी बुझ्न् सकिने रहेछ !
धर्म हराए, शस्त्र हराउँछ । शास्त्र हराए, संस्कार हराउँछ । संस्कार हराए, संस्कृति हराउँछ । संस्कृति हराए, पहिचान हराउँछ । पहिचान हराए, सर्वस्व हराउँछ ।
मैले कपाल काटेँ भनिन्छ तर काट्ने त हजामले हो नि । हैन र?
जीवनमा झार खानुतर हार नखानु । P.s. झार = घाँसझार ≠ गाँजा
खाने आज हो भोलिलाई साँचेर के भो ? भोग्ने आज हो भोलिलाई बाँचेर के भो ?
बिवाह जिन्दगीको सबैभन्दा ठूलो फाईनान्सिएल डिसिजन हो ! त्यसैले बिवाह गर्न हतार नगर्नु !
बिवाह हुन र घर जग्गा जोडिन जुर्नु पर्छ रे ! अब कहिले जुर्ने हो त्यसैको पर्खाइमा छु ।
मलाई भिडभाड मन पर्दैनमान्छेहरुको हुल मन पर्दैन । मलाइ मसिन र गाडिहरुको कोलाहल मन पर्दैन । मलाई यसो फुर्सदमा टोलाउन नपाउने दैनिकी मन पर्दैन । काठमाडौंमा त्यस्तो केही छैन जो मन परोस सिवाए आफ्नो काम । काठमाडौंको बयान म एउटा जिब्रो भएको प्राणीले कसरी गरि सकुँला र ?
यो उमेर अचम्मको हुँदो रैछ । सबै कुरा उमेर कै खेल हो जस्तो लाग्न थालेको छ आजकल । जन्मियो, हुर्कियो१५-२० को हुँदा सम्म स्कुल गैयो ।स्कुल पछि क्याम्पस ।क्याम्पस पछि जागिर ।जागिर पछि बिहे ।बिहे पछि छोराछोरी, परिवार ।परिवार पछी घरजम । खयर भोग्न, देख्न धेरै बाँकी छ ।
जमाना फेसबुक र टुइटरको छ । बिहान सबेरै उठेर हग्न जानू पुर्व सर्सर्ती फेसबुक र टुइटरमा स्क्रोल गरियेन भने पाद मात्रै आउँछ ।
शङ्ख बज्नुघण्टी बज्नु भगवानका आरति गुन्जनु एउटा दैविक र आध्यात्मिक माहोल दैनिक एक घन्टा बन्नु सानो कुरा हैन जस्तो लाग्छ । आफ्नो संस्कारपरम्परा, रितिरिवाज यसरी दैनिकी बन्दै गुन्जीरहेको सुन्दा मन आनन्दित हुन्छ ।
रातमा सपनामा देखिने साथिहरु थुप्रै बनाइएछ ! दिउसो उज्यालोमा सपना देखाउने साथिहरु गुमाइयछ ! उमेर सायद ।
धेरै बोल्दा नचाहिने बोलिन्छ कि भन्ने संकोच । धेरै चल्दा केहि बिग्रिपो हाल्छ्की भन्ने त्रास । आजकल इन्द्रियहरु संकोच ले रोकिएका छन्। कुनै बेला उडेर आकाश छुन्छु भन्ने इक्छाहरुअहिले सुतेर सपना देख्न समेत चाह गर्दैनन्। यो उमेर हो ? उमेर मात्र ले त यस्तो नहुनु पर्ने !
गर्ने कुरा खेल्ने कुरा स्वादका कुरा सबै हेर्ने कुरा भए टिभि मोबाईल ईन्टरनेट ! हेरेका कुरा दिमागले बुज्ला शरीरका आबश्यकता कसरी पुगोस् ? आजकल केटाकेटी खेलेको खै? चलेको खै? बालचर्तीकला खै?
आजकल बिना कारणबिना प्रसङ्ग नबोल्ने, नलेख्ने, नगर्ने आदत लागेको छ।
खै खोला?घाम ले सुकायो! खै घाम?बादलले छेक्यो! खै बादल?हावाले उडायो! खै हावा?फू उ उ उ उ उ उ (लामो सास तान्नुस अनी फुक्नुस)
तीन सय खाली पन्ना होसया तीन सयभरिएका पन्ना होसमूल्य उतिनै पर्छ ! सो,तिमी के गर्छौ? लेख्छौ ?की पढेर बस्छौ?
आइजा चरी आइजाबाबुलाई निदाईजा आइजा बत्ती आइजाबाबुलाई निदाईजा आइजा मामा आइजाबाबुलाई निदाईजा आइजा बाबा आइजाबाबुलाई निदाईजा
मान्छे अफिस जान रमाउने पनी हुँदो रैछ है सर ?
गर्छु भनेसि त्यसरी गर्नु जहाँ निहुहरु, बहानाहरुको सवाल नहोस गर्नु बाहेकको बिकल्प नहोस कुनै पछूतो नहोस कत्ति पनि रिस राग नहोस अनि भोलिबाद नहोस अनि धोका नहोस । र गर्दिन भनेसि त्यसरी नै नगर्नु । गर्नु पर्ने चिज प्रतिमान्छे जिम्मेबार होस्प्रतिबध्द होस् समर्पण होस् !
जिम्मेवारीमा लिने र दिने दुई पक्ष हुन्छन । दुबैको स्वार्थ हुन्छ दुबैका सपना हुन्छन् दुबैका आशा हुन्छन् । दुबैमा जिम्मेबारी थपिन्छ । लिनेमा त यसै थपियो दिनेमा झन लिने ले के गर्ने होला भन्ने जिम्मेबारी ! त्यसैले जिम्मेबारी सामान्य गणित हो !
लक्ष्य प्राप्तिका बाटाहरु सधैँ सिधा होलान र ? मान्छेले परिस्थिति बस् बाङ्गिन, टेडीन पनि सक्नु पर्छ ! आफ्ना निर्णयहरु आफ्ना हुन् आफ्नो उदेश्य आफ्नो हो संगर्ष आफ्नो अनि भोगाई आफ्नो ! गन्तव्यका बाटा जसरि मोडिन्छन् परे त्यसरी मोडिनु तर नहार्नु, नभाग्नु !
कुराहरु जोड्न मिल्छन गुणन गर्न मिल्छन तर घटाउ अनि भागा गर्न मिल्दैनन । कान चिम्लन सकिन्न बोली बिर्सन सकिन्न । बिर्सिनु भन्दा टाडीनु सजिलो झेल्नु भन्दा भाँडीनु सजिलो । या त थोरै बोल्ने अनि थोरै सँग सुमधुर सम्बन्ध राख्ने, या धेरै बोल्ने, सुस्त बोल्ने अरुको सन्मान गर्न सक्नेसँग कसको के चल्ला र ?
मान्छेको समस्या बुझेर समाधान रुपी हथौडा सहि समय चिनेरजसले ठोक्न सक्छ त्यहि पक्का बेपारी हो । समयको तूक होस् !
घर बनाउनु भो भनेर साथीले सोध्दा पहिला, घर बस्ने मान्छे बनाउदै छु भन्दा मजै आयो !
आफुसंग भएका आफ्ना कुराको बे-वास्ता गरी नभएका कुरा खोज्दै भौतारिने प्राणी !
सोचेका कुराभनेका कुरापढेका कुरागरेका कुराअनि लेखेका कुरा ।सबैको सम्मिश्रण,मनशाका कुरा !
किताबका कीराठूला बने ।फोनका कीरालेब्यालेन्स रित्याये ।प्रेमका किराले प्रेमिका भगाए ।टीभीका कीरालेहिन्दी खरर पारे ।बेपारका कीराले पैसो लुँडाए ।ठगिका किरालेरकम लत्याए ।परिकारका कीरालेस्वाद चखाए ।बिदेशका किरालेसाथीभाई लोभ्याए ।इन्टरनेटका किरालेसमाज हल्लाए । राजनीतिका किरालेचाहिँ किन छेरे ?
अपरिचित ठाउँहरुमाअनौठो स्वादहरुसँगकुरो नमिल्दाके गर्छौ यात्री ?
भूकम्पले हल्लाएको साँझ अतासले रुमाल्याएको हूल ! आफ्ना बिरानाको माझ शंखमूल निरको पुल !! हतासले हाँतो बिर्सेर, भुलेको जाँतो !!!
यात्रा गीत लेखेँ गम्दै सुर थिएन, ताल थिएन मजा त रागमा हुन्थ्यो सानो भूल गरेछु एउटा त्यही गीत गाउछु भन्ने ! साथी मिल्ने भेटेको थिएँ साथ थियो, मात थियो मजा त एक्लै हुन्थ्यो बेहोसीमा भूल अर्को त्यहीँ माया लाउछु भन्ने ! दुनिया सँगै दौडे म हल्ला थियो, झिलमिल थियो मजा त अडिनुमा हुन्थ्यो अबुझ भूल […]
नत शब्द आदान-प्रदान भो, नत स्पर्श आँखाको कुराकानीमा हामीले, छोटो मुस्कान साटेथ्यौँ ! [061]
गजल लेख्न मनशा लेख्न शिर्षक चाहिन्न रैछ। हेर्यो, फेरी हेर्यो, हेरिरह्यो केवल हेर्नुले मात्र माया पाइन्न रैछ ! [061]
जिन्दगीका कुनै पल मन दुखेको पीडामा पिइयो। कुनै पल मन खुस भएकोमा पिइयो। छाडिएन !
विगत च्यात्दै छु आफुलाई केलाउदै छु । निरश बन्दै गईरहेका दिनमा पुराना सकारात्मकता खोज्दै जोस्याउँदै छु, सेलाउँदै छु आफुलाई ।
विदेशमा कामको पसल थपेर बसेका त हुन्नन् नि ! [09]
तर छोरा जमाना प्रतिस्पर्धाको छ। जुन बाटो जा कडा मेहनत र संघर्स बिनाको सफलता कदापी भेट्ने छैनस आशै नगर्नु ![09]
त्यै, अनकन्टारमा त टुसो पलाउँछ भने ! [06]
अँध्यारो रातमा आँखा चिम्लिन मन लाग्नु, सबैलाई लाग्छ। तर म त्यस्तो अस्वाभाविकताको उल्लेख गर्दैछु जहाँ प्रचुर उज्यालोको रापमा नी ढ्याम्म ढोका थुनेर आँखा छोपेर निदाएको ढोंग गर्छन मान्छेहरु। [06]
आफूलाई सुधार्न अरु चाहिन्छ भन्ने लाग्छ भने, आफू बिग्रेछु भनेर बुझ्नु ! [06]
आँफुले राम्रो गरे सबैले राम्रो गर्छन भनेर, सोच्न थालेको छु। [05]
कुनै बेला कुराहरु धेरै भए कुराहरु मुछिए दहि बनाएर मथिए। अनि आजमाउन भनियो मलाई। यी, जिन्दगि यस्तो चल्दै छ ![06]
राम्ररी, खुलेर हाँस्न सके सब ठिक हुन्छ।
जति दिन बित्छन त्यति सोचाई जटिल बन्ने समयको खेल सायद। [05]
शब्दहरु सकिएपछि दोहोरिन थाल्छन दिन पछि रात त्यसपछि फेरी दिन । दिन बदलिन्छ, हो । उज्यालो नै त हो हुने ! सोच बदलेलान शब्दहरु नै त हुन् । तिनै शब्द !
मलाई योत्यो यस्तो त्यस्तो चाहिन्छ ? चाहिदैन । म यसो गर्दिन त्यसो गर्छु त्यहाँ जान्छु ? जान्न। एकदम बितृष्णाको सोच लाग्छ, संकुचित ! जीवन आज की भोली केलाई छुटाउनु छ र ?
सुरुमा एक पेग भनन हुन्थ्यो। त्यसपछि दुई फनन हुन्थ्यो। अर्को पाली तीन रनन हुन्थ्यो ! अनि चार झनन हुन्थ्यो। आजकल पेग पानी बनेको छ खाऊ, फालफाल खाऊ । पानी पेग बनेन थियो होला, बिर्सियो !
कुनै नौलो बिषय रहेन अब, दुख सुख नभनी भएन ! समयले यसरी ऐना देखायो कि आफ्नै अनुहार अब आफ्नो रहेन। त्यहाँ कुनै अपरिचित मान्छे देख्छु। आफ्नै लागी समय पुगेन आफ्नै दृष्य धमिलो लाग्छ। अमिलो लाग्छ।
आँखामा नशा नशामा मजा मजामा सजा । यो एउटा सिक्री हो। मजा गर्नु अनि सजा नमान्नु त्यस्तो हुन्न रैछ ।
कहिलेकाहिँ लाग्छ म अनौठो भएँ बिग्रें ! मलाई अब एउटा नशाले लठ्याएको छ। अनी म आकाशमा उड्दै छु पखेटा पलाए बिना पेट्रोल बिना इन्जिन। अनायास फेरी लाग्छ मेरा पखेतहरु काटिएका छन् म माछा बने बालुवामा छु पानी छैन। परिहरु बोलाई रहेछन स्वागत गान बझिरहेछ अनन्तका धुनहरु माझमा छु म !
यो दुनिया मेरो हो भन्दै हिड्थें। साची दुनिया मेरै रैछ, जबसम्म म त्यस्तो मान्छु !
आकाशतिर हेरिरहें त्यो रातभर ती मेरै मुटुका टुक्रा थिए जो टिलपिल टिलपिल गरिरहे । टिलपिल ताराहरु
म विवस छैन अविवसता स्वीकार्य मान्दिन। यो यस्तै जाला ?
आखाँहरु एकपटकमा धेरै दृश्य हेर्न खोज्छन हेर्न सक्छन ! त्यसको परिणाम म कुनै पल कतै पनी हेरिरहेको हुन्न। दृश्य भ्रम हो ?
अल्छी थिएँ, छू सोचहरूमा चाहिँ होइन !
एउटा सानो झिल्काले त हो टौवा सल्किने ।सम्झनाका तरंगले त्यसरी मुटु अठ्याऊँछन् । ब्यर्थका कुरामा रुमलिन खोजे जस्तो लाग्छ विवशता देखिने कुरा हैन तै, मैले ती याद बिर्सिन नचाहेको थिईन !
एकतमास संसार जे खोज्छ त्यहि खोजिरहेछु म संसारी भएको छु। म आफ्नो रहन सकिन !
जसरि आजसम्म चल्यो त्यसरी चल्छ , चल्थ्यो होला । के मिलेन चलेन !
अरुलाई सच्याउन खोज्ने तन्नेरीले आफुलाई सच्याउन बिर्सेको रैछ !
खेतमा उपल्लो गरोबाट तल्लो गरोमा पानी खसेजस्तो जिन्दगी खस्छ रे !
बोली हरेकले फ्याक्छन बोल्न सजिलो छ नी तल माथिको ओठ हल्लाउने भित्रबाट घाँटी रगडेर आन्द्रा बटारेर सास फ्याक्ने ! कसको के जान्छ र बोल्ने नी, हैन र ? त्यै त, सजिलो छ जे बोले नी भो बाल मतलब ! यस्तो सोच्नेहरू मरे भनेनी म सोक मनाऊ गर्ने छैन !
धपधप बलेको अनुहार देख्दै लाग्छ, वाव ! कसले, कसरि देखोस् भित्री जलन !
नेपाल न विदेशदैनिक व्यस्तताले हकानिएर माध्यम र सूचनाको फरक गम्न नचाहेर, रातो, सानोचारपाटे नोटिफिकेसनमाखुसिको आशा थोपरेर आफ्ना संस्कार, आफ्ना साहित्यर आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर अपरिचित लाईकको पछी दौडेको “आधुनिक मान्छे” ! आफ्नो नाम * , आफ्ना फोटा अनी नबुझेको तर बुझेको झैँ लाग्ने नचिनेको तर चिने झैँ लाग्ने नचाहेको तर चाहे झैँ लाग्ने नखोजेको तर खोजे झैँ लाग्ने काम […]
सात बर्ष भएछ घर नगएको फोनमा सन्चै छस् समयमा खानु, समयमा सुत्नु आफ्नो ख्याल गर्नु, स्वास्थ्य नै सबै हो बाबु भन्ने आमा बुढी भैछन् ! म तपाइको छोरो भनेर चिनाउन प्रयास गरेको यी नानी को हुन् भनेर आमाले सोध्दा आफु छोरो हो या हैन भन्ने दोधार भो ! धत् जिन्दगी !!!
उमेरले यादहरु अनि सम्झनाहरु बिर्साइदिन्छ भने म के गरूँ ?
न बिराउनु ! न डराउनु !!
मन फाटे पछी सिउन सकिन्न ! सिए पनि जिउन सकिन्न !!
ए सुन त, थाहा पाईस तैंले ? टर्कीबाट अमेरिका तिर हुर्रिएको हुरीले ती नेपालपुरे मुखिया थिए नि, तिनको बर्षौ देखिको अध्ययन, अनुसन्धान, परिमार्जन त्यो एकमुखे रुद्राक्ष्यको कलेक्सन उडायो अरे नि !! मुखिया, बडा सोखिन मान्छे !!! अनि के अरे भने, धेरै पहिले सत्य युगमा त्यस्तै हुदाँ, हुरी आउँदा; धुलो तुवाँलो बनेर नेपालपुर डाँडाको […]
कस्ता कस्ता ठाउमा त मान्छेले त्यति मोज गर्छन भने नेपुरेले त्यो नेपुरमा कती मजा गरिरा होलान ? नेपुरे ले त्यो नेपुरमा त्यति मोज गरीरा छन भने नेपालीले नेपालमा कती मोज गरिरा होला ?
सँगै चिया खाँदाको कुरो चिया नखाँदाको कुरो उही कुरो । चियाको कुरो भए चिया हुँदा हुन्थ्यो चिया नहुँदा हुन्थेन । समयको कुरो भोगेको कुरो चिया सँगै हुनु र चिया सँगै नहुनुले कुरो को चुरो के पो फरक थियो र ! न होला !
कोहि भुँडी भर्न हिड्छन् कोहि भुँडी खाली गर्न हिड्छन्
जसले जती बुज्छ जती सक्छ सोचले जती भ्याउँछ त्यती गर्ने हो । अरुको के दोष ? कसको के दोष ! दोष के ?
भिझेको केशमा तिमीनजिक आएका पल । चिसो गलाती नरम केश । बिचमाम अल्झेका पल । तिमीलाई झनझन, मलाई लठ्याएरमन्त्र मुग्द पार्ने, तिम्रो त्यो कस्तूरमैले बिर्सेछू ।
चाउचाउ खेती गर्नेले स्वस्थबर्धक, पौष्टिक र अर्ग्यानिक साग खोज्ने। साग खेती गर्नेलेे चाउचाउले छाक टार्ने । जमाना !!
धर्मंको विरोध बिज्ञानले गर्दैन । अल्प ज्ञानले गर्छ । आफुलाई, बाँदरका सन्तान मान्नेले गर्छ, भगवानका सन्तानले, समाज मात्रको कल्याण गर्छन ।
माध्यम प्लेन हैनन, हावा हुन् । माध्यम फोन हैनन, तार वा बेतार हुन् । माध्यम गाडी हैनन, बाटा हुन् । माध्यम डुंगा हैनन, पानी हुन् । माध्यम फेसबुक हैनन, इन्टरनेटका बाटा हुन् । माध्यम बाटा हुन् भने साधन माध्यमका पाटा हुन् । जिन्दगी सूचना हुन् भने सूचना जिन्दगीका खाका हुन् । माध्यम साधन हैनन । […]
जिम्मेवारी लिन, कसैले दिनु पर्छ । जिम्मेबारी बढ्न, कसैको जिम्मेबारी घट्नु पर्छ । यो सामान्य गणित हो ।
बुबा आमा दाजु भाउज्युहरु दिदि भेनाज्युहरु हजुरबुबा हजुरआमाहरु ठुलाबा ठुलीआमाहरु अंकल आन्टीहरु फुफु फुपाज्युहरु मान्यजनहरु तकरिबन पच्चिस हातहरु राता, सेता अक्षता अनी एक वर्ष भरि एक जीवन भरि पुग्ने निस्वार्थ आशिर्बादहरु ! दश उमलको निधार दश सेकेन्डमा अक्षताले पुरीदिने एउटा जोश, जाँगर, उमङ्ग आफूमाथि बिश्वास गरिदिने अनि जीवन आत्मबलले भरिदिनेहरु ! वर्ष बित्दै जाँदा थपिएका […]
तिमि साथमा हुनु हसिलो हुनु स्वछंद हुनु अनि बेसुमार खुसि हुनु ! मेरो खुसि त्यसमा छ l
समय घुम्दा ऋतु फेरी उही हुँदा मौसम अनि आकाशको रौनक उही हुँदा पर्ब, बेला – उही पर्दा l शब्द दोहोरिन्छन, लाग्थ्यो ! त्यस्तो हुँदैन रहेछ l कुनै पलको बयान समयले बदल्छ l
शब्दमा भावना र आस्था मिसाउने हो भने माया आत्मियता बन्छ साथी, हिम्मत अनि बा-आमा, भगवान l
संदेश दाजु काठमाडौंको पपुलर स्कूलमा नेपाली पढाउनु हुन्छ l एकपल्ट दाजुले फेसबुक स्टाटस लेखी पोस्ट बटन दाबेर आफ्नो पोस्ट देखिएला भन्दै न्युज फिड हेरिरा बेला माथीबाट लुत्रुक्क एन.एस.ए सर्भिलेन्स सम्बन्धि पोस्ट झरेछ l संदेश दाजुको कम्पारो तात्यो l आफ्ना साथीले हेरुन भनेर लेखेको पोस्ट फेसबूक मार्फत घुमी फिरी कहाँ कहाँ पुग्दो रहेछ अनी त्यसमा अनेक […]
मिलेर काम गर्नमान्छेका सोच मिल्नुजरुरि छैनसपनाहरु मिल्नु पर्छ l
बोल्न सक्नेहरु बोलेर सताउँछन l बोल्न नसक्नेहरुनबोलेर सताउँछन l सताउनेहरुलाईमिले चटक्क छाड्नुनमिले सके जति माया गर्नु l
जिन्दगीमायो मान्छे ठिक कि त्यो ठिक भनेरमान्छे खुट्याउन न अल्झेरकुरो के ठिक तसोच्ने भनेकठिन अबस्थामा पनी निर्णयहरु सहज बनी दिन्छन l
भगवान भरोसा भएसीमान्छेले बौलाउनु पर्दैन l
आफ्नो सानो रुप देख्दाजिन्दगी सुरुबाट सुरु भए झैँ लाग्ने !
गरीखाने शीप होस्नथाक्ने जाँगर होस्एक सानदार कला होस् l मधुर बोली होस्नतोडिने बचन होस्एक सानदार गला होस् ! मन सुन्दर होस् नछुट्ने साथ होस्एक सानदार लैला होस् ! जिन्दगी l
मन्द खालको उज्यालो शितलो दिन छ ! यी सुर्य किरणहरुको परिवर्तित मधुरताभोगे जस्तो लाग्ने ! सिमसिम पानीमाहोचो-होचो सल्लो छेउ ओत लागेझैँ गरी एक-अर्काका नयनमा हराएको आज हो ?
आजकलकुरा हुनेमेसो मिल्नमाहोल बन्नसाथीको कम्प्युटरमा भाइरस लाग्नु पर्छ !
समोसा खाने जिब्रोलेझुक्किएर बर्गर खाँदा जस्तो !
बानी हो भन्दैमाबोल्ने ठाउमा चुपलाग्नुअनी नबोले नी हुनेमाफतफत गर्नु ! गर्नु मिल्यो र ?
कसैसंगकि समय माग्नुकि पैसो माग्नु l दुबै नमाग्नु !
झुलुक्क घाम लाग्छअनि एक्कासी घाम भाग्छ lमौसम के होला कसले भन्न सक्ने ? मौसमइन्जिनियर पढ्नेकोइग्जाम जस्तो !कहिले के हुन्छपत्तो हुन्न ! आगो बालेर तापेर जाडो हटाउने आश गर्नेहरु ! मौसम बिभागअनि त्यस्तैआफूले मानेकोअरुले नमानेकोस्रोत संगतकोसूचनाको आश गर्नेहरु ! मुर्ख हुन् !म जस्तै !
कति भलादमी भनेलुट्न पनी पैसा तिरी-तिरी लुट्छौँ ।विदेशमा भा भेके गर्थे कुन्नि ? (प्रसंग : LP ग्याँस अभाब, ग्याँसको गाडीबाटै उपभोक्ताले ग्याँस लुटे)
असन चोकन्युरोड गल्लीबसन्तपुरको ठेला.. कहाँ जाउँ म ?मागेर पाए माग्थेकिनेर पाए किन्थें । त्यो फुर्सदमामलाई मन पराउनेमान्छे सँग कफी पिउदै बस्ने झिनो चाह !
ह्याकर भनेकोचोर हो भनेर बुज्नेहाम्रो समाजलाईत्यसको अल्लि ज्ञानीमेहनती, उत्साही अनी म पनी केही गर्न सक्छु भन्नेअर्थ नी हुन्छ है बुझाउनु रह्याकर्स चौतारीअनलाईनमा एउटा राम्रो गफ गर्ने थलो हुन सक्छ भनेरविश्वास दिलाउन सक्नुयो समाजमा हामी मात्रले कहाँ गर्न सकौँला र । झिनोप्रयास न गर्ने हो ।
जत्ति छत्यत्तिले पुग्छ ।अनी जे छत्यसैमा सबै छ ।
बेपार गर्ने मान्छेत्यतिबेला खुसी हुदों हो जुन बेला उसका ग्राहक खुसी हुदाँ हुन् ।
पढेर विश्वास नलागेकोलेख्दा लाग्छ रे ।सुनेर विश्वास नलागेकोदेख्दा लाग्छ रे ।
कुनै ताकायस्तो लाग्थ्यो – मैले भन्नु पर्ने कुरालेखेँ । अनी मैलेलेख्नु पर्ने कुरा भनेँ ।
बिछोडको बानी परेकाहरुलाईफेरी अर्को बिछोडके नै हो र ?
तिम्रो उपस्थितिमेरो लागि स्वर्ग थियो होला । तिम्रो बोली मेरो लागि संगीत थियो होला । तिम्रो भरोशामेरो लागिआधार थियो होला । तिम्रो साथमेरो लागि अनन्त थियो होला । र त मतिमीसामु कहिल्यै नभएको खुसी हुन्थेँ ।
प्रेमीहरुस्वार्थी हुन्छन ।
पुष लाग्दै गर्दाको जाडो भएको भएह्वार्-ह्वार्ती आगो बालेर ताप्नु हुन्थ्यो ।
चाहिएन वास्ता लाग्दैनन् ।चाह्यो मिल्दैनन् ।
आफैले आफैलाई छुँदा पनीअरु कसैले छोए जस्तो ।
ठिकै छ जिन्दगी यस्तै हो भनेयस्तै सहि ।[61]
कोहि आफ्ना लागि लेख्छन ।कोहिलेख्नका लागि लेख्छन ।अनी कोहि“समय” का लागि ![60]
शब्दले मात्र मन पोख्न मिल्ने भए,आर्ट किन बन्थ्यो होला र ![61]
कहिले लाग्छ दुनियामा केही छैन । कहिले लाग्छदुनियामा के छैन ? [61]
कहिले कहिँ लाग्छअनुभवीहरुअनुभवहिनका अनुभव प्रति फगत हाँसीरहेछन । आफू हिन्ने बाटोफगत मेट्दै हिनिरहेछन् ।स्वार्थी हरु ! [61] ”experienced are laughing at the experiences of inexperienced, instead of guiding them”
तर के गर्ने ।सोच्नुबोल्नुर गर्नुफरक कुरा भए ।[61]
मधेरै कुरामाउमेरलाई दोष दिने मान्छे ।[61]
यो समाजका कपोलकल्पित परियोजनाहरुअनीमेरा अचम्मका योजनाहरुकोबीच हुँ म ।र मलाई सोध बीचमा तड्पीदा को पीडा ।[61]
मान्छेकति सजिलैहाँसी-हाँसीक्षणहरु टारीदिन्छन ।[61]
मेरो पनी हो । आफुलाई चिनेको मान्छेले आफुलाई सुधार्नसक्नुपर्ने । [61]
सरकारले कर भन्ने शब्दको साटोअर्कै शब्दमा तिराउनु पर्ने । मन नलाई नलाई,फोनमा बोलेको जस्तोअनीचाह नहुदा नहुदै उपस्थित भए जस्तो । तिरेकोकसलाई मन पर्छ र ?
नबोल्दाबुझिने गरीनबोल्ने पल । नभेट्दातड्पीने गरी नभेट्ने पल । नभन्दासुनिने गरी नभन्ने पल । नबिर्सिन सकिने ।
कसैले भनोस् भनिएको आशा गरिएको कुरो अन्यत्रबाट थाहा हुँदात्यहाँ खबर होला खुसी हुदैन । रमाउदै TV हेर्दाअखबार पढ्दानभए हुन्थ्यो भनेको कुरोथाहा हुँदा त्यहाँ मानवता होला आत्मियता हुदैन ।
बोलेको नबुज्नेहरुधेरै हुन्छन । बोलेको बुज्नेहरुअल्ली कम हुन्छन । नबोलेको पनी बुझ्नेहरुसारै कम हुन्छन । यी, आफ्ना हुँ ।
आफूले नमागीसास त पाइन्न भनेसम्बन्धको के कुरा गराई भो र ।[61]
त्योआफ्नो सुरमाहिनीराथ्यो ! म बिग्रीराछु भनेररोकिने कुरो भएन ।[61]
आफुलाई care गर्नेहरुआफ्नो अवस्थाबारेguessमिलाउछन ।[61]
ठूलो कुरो आँटेपछिथाती राख्ने बानी लाग्छ रे । एउटा आट्नेआज सक्ने । भोली के छ कसैलाई थाहा छ ? [61]
मान्छे भयसीसुन्नु पर्छ,सुन्न खोज्नु पर्छ,सुन्न सक्नु पर्छ ।[मित्र]
सुत्दैलेख्दैसोच्दै सम्झदैधिक्कार्दैउतार्दैफलाक्दै छु ।[61]
सिक्नु भन्दासिकेको बिर्सिनु गारो हुन्छ ।त्यसैले,सिकाऊनेहरु होदुई पल्ट सोच्नु ! [61]
आफूलाई,उसले सल्लाह दिन्छजसले ख्याल गर्छ । [60]
Newton को idea सिक संसार बुझभनेर लगाए । आफ्नै तरिकाले बुझ्न देऊ भनेरमनमनै मागेथें । [60]
मनमस्तिष्कजम्मैएकै ठाउमा राखेर,म,कसैको बारेमा सोच्दै छु ।म निस्कर्ष खोज्ने मान्छे । [61]
बारी-बारी हेर्ने तिम्रा नयनमालट्ठीने मान्छे । तिमीसंग हुदाँआफू-आफैलाई बिर्सिने मान्छे ।
कुनै आभाष बिनामौनताको अर्थ बुज्ने मनकसलाई लाग्ला र ? सम्हालेका शब्दहरुएकमुस्ट दिने सोच सायद ! नत्रतोप झैँ पड्किने तिम्रो आदतम किन सम्झिन्थें ।
जीवनजस्तो सोच्यो त्यस्तै बन्छ ।[60]
दिमागलेजहाँबाट परसम्मसोच्न सक्दैनत्यहाँसम्मको चिजलाईआफ्नो सम्झिनुपर्छ ।[60]
आफ्नो कुरो आफूलाई तराम्रो नै लाग्ने भो नी ।राम्रो तब राम्रोजब अरुलाई राम्रो लाग्छ ।[61]
आफ्नो बोली अस्पस्ट हुनुआफ्नो कमजोरी हो ।शब्दमा सम्हालेकोसार बुझाउनु सक्नु पर्छ ।नत्र बोलेकोलेखेकोके अर्थ ?[61]
योकुनै “म” बाट सुरु हुने कुरा हो ।
जोरेको कुरो । कसैको नामगरी किनेको कुरो । मागेको भए, नासो हुन्थ्यो होला । चोरेको भए पासो हुन्थ्यो होला । दिएको भए, उपहार हुन्थ्यो होला । अनन्तकालमा नजुरेको समय ! र त्यो, बेनाम भइदियो । भित्तामा पेन्डुलमको सुई हल्लेजस्तो सोचहरु हल्लिरहे । बेनाम, त्यसै गरी हल्लिरहेथ्यो । कुनै पलको प्रतीक्षा सायद । त्यो पल जुन […]
समयको आ-आफ्नो परिभाषा हुदों रहेछ । मैले सोचेको हाम्रो समय र तिमीले खोजेको हाम्रो समय सायद फरक रह्यो ! म, म बिनाको परिवर्तनमा नरम्ने मान्छे ।
कामका लागि सानो सल्लाहका लागि नासोका लागि भेट्नेहरु ! माहोलका लागि एकछिन साथका लागि हाँसोका लागि भेट्नेहरु ! अनी सन्चै हो नी ? यत्तिकै देख्न मन थियो र । एकछिन संगै बसौँ भनेर । भेट्नेहरु । भेटघाटमा म अनी हामी को कहाँ छौँ खोज्दै छु । पहिलो भेट र तेश्रो भेट साट्न नमिल्ने !
त्यो कुनै पलको “भोगाई” फेरी भोग्ने चाह गर्नेहरु । मान्छेहरु ! कोही गल्ती गर्छन । कोही प्रेम गर्छन । कोही जागीर अनी कोही बिजनेस । कोही गाउँछन् । कोही नाच्छन् । कोही हँसाउछन् अनी कोही रुवाउछन् । अरु यस्तै केही ! बाँकी त्यो पल बुज्दा नबुज्दै सुतिसक्छन । हरेक दिन । हरेक रात । जिन्दगी […]
कोहि जन्मिनु, कसैका लागि जन्मिनु !
आजकल मान्छेले ट्विटर चलाउदैन । फेसबूक चलाउदैन । इन्टरनेट पनी चलाउदैन । आजकल ट्विटरले मान्छे चलाउछ । फेसबूकले मान्छे घुमाउछ । इन्टरनेटले मान्छे थकाउछ । हर्के दाई दश कट्ठा जग्गाको आली लगाएर थाक्दैनन । एक डोका साग कराउदै बेचिसक्दा नी ओठ सुकाउदैनन ।
सोच । थोरै संकोच । दोधार । भन्नु की नभन्नु ? फ्याँक्ने न हो । हावामा पुगेका कुराको डेसटिनेसन आईपी हुन्न क्यार । जसले सिग्नल पक्ड्यो त्यस्ले पड्कायो । भित्ताको नी कान हुन्छ रे । होस् । मध्यम लबज सुन्न कान थाप्नु पर्दैन । फेरी आखाँ जस्तो, कान चिम्लिन मिल्ने भए पो ! यो कुरो […]
जिन्दगीका कुनै पल आकाश खसोस, धर्ति फाटोस, आँधी आओस, हुरी चलोस्, सुध्रिन्नन ! जब, बेथितिले घेर्छ, घेर्छ !
बिहान उठेर ब्रस गर्ने ठुल्दाई आजकल ट्वीट हान्छन ।
सीसाकलमले कापीमा लेखेको भए इरेजरले मेटिदिन्थ्यो होला । नयनले मन अनी मनले नयनमा लेखेका यादहरु कसरी मेटियलान र !
गफ-गाफ ? भेटघाट ? फुर्सद छैन । मिल्दैन । मिलाउन सकिन्न । यहाँ मान्छेलाई टोलाउने फुर्सद छैन । चौतारी मुनी बसेर, पीपलको हावा खादैं, अब आउने तिहारमा देउसी खेल्ने कुरो बुन्ने कस्ले ? फर्पिङको नास्पती, सकियो होला । पारी डाँडामा, लालीगुराँस फुले अरे, फूलुन । मनकामना घुम्न जाँदा, खुसुक्क टिपेका सुन्तला सुन्तला लाग्दैनन् यहाँ । […]
मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।
कुनै बेला तिमीमा विश्वास नलाग्दा, मैले आफुँमा विश्वास गर्ने सहारा भेट्दिन ।
बूढीमाउ त जुरुक्क उठिन् र क्यासेट फेरी रिवाइन्ड गरिन् । त्यही गीत आयो । झमझम पानी पर्यो अषाढको रात पारिबाट बज्न थाले मकैका पात… लट्ठी फालेर सर्लक्क मेहरो मार्दै उनि सिमलको फूलझैँ हलुङ्गो भइन्, हात हल्लाएर नाच्न थालिन् । हावाले पात हल्लाएकोजस्तो भयो । मेरा हात पनि तानिन् । म उनीसंगै नाच्न खोज्दा झमझम पानीमा […]
“पढपढ”, उनले भनिन् – “बूढीमान्छे, गन्थन मात्र आउँछ ।” “तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा, झिजो लाग्दैन ।” “भन्दियौ नी !” “मैले साँचो भनेको ।” “ल बा,” उनले भनिन् – “दुई शब्दले पनी सन्चो भो ।” [ पल्पसा क्याफे 7 ]
“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]
सडकभन्दा अगाडि बिमानस्थल बनेको र मोटरभन्दा अगाडि जहाज चढ्ने नेपालीहरु बसेको यो राजधानी । घरभन्दा बढी मन्दिर र मन्दिरभन्दा बढी देवता भन्ने सुनेको सही हो भन्ने मलाई परिरहेछ । राति झ्यालमा टाढा कतै बहालबाट आइरहेको मधुर भजन एकोहोरो सुनिन्छ । कुनै गतिविधि छैन । सहरको कुनै आवाज छैन । रातभरि भजन भइरहेको र तेलको दियो […]
कलाकारसँग सकिदैन । उनीहरु अर्को संसार रचना गर्छन् । अर्कै भूगोल निर्माण गर्छन् । र आफूले चाहेअनुसारका पात्र बनाउँछन् । यी बुद्ध कस्तरी हेर्दै छन् हेर्नेक आखैमा बस्ने गरी ! मैले मूर्ति बनाएँ भने बुद्धका आँखा अर्कै बनाउन सक्छु । मेरो मूर्तिमर्फत बुद्धले यस्तरी नहेर्न सक्छन् । ती बुद्धका आँखामा भ्रान्ति हुन सक्छ । म […]
चित्रकारका लागी प्रदर्शनी लेखका लागि पुस्तक प्रकाशनजस्तै हो । गायकका लागि स्टेज परफर्मेन्सजस्तै हो । पत्रकारका लागि बाइलाइन स्टोरीजस्तै हो । [ पल्पसा क्याफे 6 ]
रचनाका लागी तन्मय हुन सक्नुपर्छ । तनावलाई कसरी निकास दिने, आफैमा भर पर्छ । [ पल्पसा क्याफे 6 ]
यहाँका कुखुरा अल्छी छनसाढे-आठमा बास्छ्नभक्तपुरे जुजुधौसाढे-छमा काठमाण्डौं छिर्दो हो ! यहाँका डाँफेराजतन्त्र गएपछिलोप भएको भान हुन्छ ।मुनालहरु,लोकतन्त्र आएपछि ! यहाँका भगेंराहरु,गन्तब्य बिहिनफ्याट्ट, फुट्टउर्लिन्छन्, उफ्रिन्छन ।मन,तिनको नी हुदों होउफ्रिदा खुट्टा-दुख्दा हुन्बाध्यता हुनुपर्छ ।आफ्नो काममा सेक्युरिटी जसले खोज्छ नी ।नभए, उफ्रिन कर लाग्छ ।उफ्रिनु पर्छ । यहाँका मयुरहरूकोनर्तकी कुन चाहिँ पिक्सारलेउतार्ला र ! यहाँका कोइलीसंगीत रच्छन्उस्तैलाईसुरमा लठ्याउने […]
आलु चाहिए…. प्याज चाहिए.. गोलोभेन्टा चाहिए.. हमारा पास सब कुछ हे माल्किन ! मालिक ले जाँड किन्थ्यो होला, धन्य, जाँड, बाटो मा कराउदै बेचिन्न | मान्छे चिन्नु, खसी बेच्नु |
मिलाएर लेख्ने, गमेर लेख्ने, छामेर लेख्ने, धेरै-सोचेर लेख्ने हुदों हो त, सायद मनशा लेखिन्नथ्यो होला ! सायद गजल लेखिन्थ्यो, वा कविता । मनशामा पल लेखिन्छ । मनशा पल-पल लेखिन्छ |
अक्सर सबेरै उठ्नेहरू किन उठ्लान ? अक्सर, छिट्टै सुत्नेहरु, किन सुत्लान ? बिहान, चाडैं उठेर, के नाप्नु छ र ? राति चाडैं सुतेन, के लानु छ र ? यी प्रश्नहरु, हैन रैछन | यी, बानी हो रैछन | र, बानीमा, किन को अर्थ रहदैन | बानी, लागेको कुरा, त्यो, गरिने कुरा | गर्ने कुरा |
ड्रम बजाउन बनाइएको हो.. यस्लाई बजाउनु पर्छ | बजेन भने, घाममा सेकाएर भएनी बजाउनु पर्छ.. ढाम्-ढाम् ठोक्नु पर्छ, बजाउनु पर्छ | #drum
दोहोरिन्छ की भन्ने डरमा, भूपी ले लेखेनन ! हामी पनी नलेख्ने ? शब्द दोहोरिउन, पलहरु दोहोरिन्नन, क्षणहरु दोहोरिन्नन | अनुभवहरु फेरी कोरिन्नन |
मागेर पाइने कुरा रैनछ, किनेर पाइने कुरा रैनछ, खोजेर पाइने कुरा रैनछ | बेच्न नमिल्ने कुरा रैछ, लिन-दिन नमिल्ने कुरा रैछ | माने हुने कुरा रैछ, नमाने नहुने कुरा रैछ |
यहाँ, के छैन ? सब छ | iPod छैन की, ipad छैन की, iphone छैन की, itouch छैन की, अनि, ikaalu छैन की ! अर्को ikaalu, अनि झन अर्को ikaalu छैन की | icafe को हल्ला छैन की ! — तपाइको Steve शंखमुल
धेरै, ओकल्न नमिल्ने र बगाउन नमिल्ने कुराहरु, अनी, टारीदिन मिल्ने हाँसोहरु, र बिर्सिदिन मिल्ने शुक्रबारहरु, पर्याय हुन्छन | आफैँ आउछन,खिस्स हाँस्छन् | ओठ खोल्छन | हराउछन्, बिलाउछन | वा बिर्सीइन्छन | बिर्सिनु पर्छ | कोले प्रेम नगर्ला… आफैँ आउने, अनी नहराउने ती, मिठा बोझ हरुलाई !
बानी न हो, मलाई चाख लाग्ने कुरो, उसको मतलबको नहुन सक्छ ! मलाई, मन पर्ने कुरो, मन, नपर्ने कुरो, उसको अर्कै कुरो हुन सक्छ ! मैले, बुझ्ने कुरो, उसले, नबुझ्न सक्छ वा बुझ्न नखोजेको कुरो हुन सक्छ | म र ऊ, एकै नहुम्ला, हुन नसकौंला, तै, परिस्थिति, समय, काल, अवस्था, हेरेर, मन नलागेको कुरो, बुझ्न […]
शब्दहरु, झरुन, नझरुन, बाध्यता हुन सक्छ, वा, बिवशता, अथवा, खुसी पनी ! तै लेखिन्छ वा, टाइपिन्छ | म, नबोलेको भन्दा, बोलेको, अनि, नलेखेको भन्दा, लेखेको राम्रो मान्ने मान्छे ! समाजको, अघि, तिमीलाई, बिर्सिएको मान्छे ! अनि मनमा, यादहरु बोकेको मान्छे ! म, प्रेम, अनि, समाज, भन्ने शब्दहरु बिच, पुल नभेटेको मान्छे ! म, पौडी खेल्न, […]
मैले, मेरा लागि लेख्ने हो ! तिम्रा लागि, अरुका लागि, अनि, उसका लागि, लेख्ने, फुर्सद किन्न पाइन्छ र ?
देखाउनेहरु, जेमा पनी देखाउन सक्छन ! लाज, सरम, थोरै, आत्मग्लानी भन्ने कुरा हुन्छ ! नत्र कसले, आँफू, दोषी हुँ, थिएँ भन्ला र ?
मानम, एकछिन, म, तिम्रो बोस हुम्ला ! केही, अराउम्ला | काम, धाम ! इत्यादी ! तिमी, मान्दैनौ, बुज्दैनौ, गर्न खोज्दैनौ, भने, त्यो, नबुज्नु, बुझ्न नखोज्नु, नगर्नु, गर्न नखोज्नु, सिधा तिमी सँग सम्बन्ध राख्छ ! मेरो काम, तिमीलाई, जानकारी दिनु हो, त्यहाँ भन्दा पछी, के हुन्छ, कसो हुन्छ, कसरि हुन्छ, भन्दा पनी, त्यो काम, हुन्छ कि […]
सुन्छु, एउटा आधार चाँहीन्छ रे, बाँच्न ! भरोसा, अनि आशा चाँहीन्छ रे ! थोरै जोस, अनि अल्ली बढी, माया ! म, यथा-स्थितिमा, त्यसैले, तिमीमा, समर्पण हुन चाहन्छु !
तिमीले, सोचेका, बुझेका अनि, मलाई भनेका, भन्दा पनी, नभनेका, कुराहरुले, तिमीमा विश्वास गर्ने मान्छे ! म, केटा मान्छे !
सूर्य उदाएको, मजा लुट्नेहरु देख्नेहरु, भाग्यमानी ! सूर्य अस्ताएको, अनि, चन्द्रमा उदाएको, मजा लुट्नेहरु, देख्नेहरु, अझै भाग्यमानी ! आफ्नो, अनि, आफ्नाको, मन उदाएको, अस्ताएको, अस्ताएको, उदाएको, भोग्नेहरु मजा, सजा, लुट्नेहरु, सबभन्दा बढी भाग्यमानी ! प्रेमीहरु !
तिमी सँगका स-साना यादहरु, गह्रौ छन्, भारि छन् | ती, मलाई थिच्न खोज्छन, बिथोल्न खोज्छन, रुवाउन खोज्छन | म, लट्ठिएको हुन्छु, तिमीमा, यादमा | मातमा ! त्यसपल, तिम्रो तस्बिर मा, इशारा गर्दै लोलाएका, तिम्रा ती नयन, म चुम्न चाहदो हुँ |
भोली बिहान उठेर मैले के गर्ने होला? छ महिना पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? एक बर्ष पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? दुई चार बर्ष पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? अनि अल्ली निकै नै पछीको, भोली बिहान उठेर मैले के गर्ने होला? म, र, मेरो भविष्य, […]
मा, स्वीकारोक्ति हुन्छ रे | मा, (आफ्नो) पन हुन्छ रे | मा, साथ हुन्छ रे | हुन सक्ला | तर, जोश हुदैन रैछ | अनि, जागर र आश हुदैन रैछ | र, भरोषा हुन्न रैछ | नबोलेको आफ्नो (पन) भन्दा, त्यसैले, प्यार-प्यार भएनी, बोलेको, अनि ठिक्क बोलेको राम्रो !
हामी, संस्कारको कुरा गर्छौँ | कुरा गरेको, पैसा पर्दैन नी त ! संस्कार मान्नु, फलो गर्नु, गारो कुरो ! बेग्लै कुरो !
हामी सुत्दैनौ होला ! सम्भावनामा, बोल्दै छु ! यस्तरी कि, मानौ, हामी सुत्न बनाईएकै हैन |
के गर्देई छौ ? खुसी त छौ ? कुरा सकिए ! अनि हामी, अब आउने कुनै आइतबारको कुरा गर्छौँ ! शुक्रबार नत्र, सुत्न छाडेर, गफ हानेर को बस्थ्यो ?
तिमी जे भन, जे बोल ! जब, तिम्रो बोलाई, अनि, मैले मानेको, तिम्रो सुन्दरताको, मेरो लागी अर्थ रहेन, भने !
“देउ न |” दिन्न ! ”किन ?” थाहा छैन !
हामी, बहाना खोज्छौं रे ! त्यस्तो गर्न, यस्तो हुनु पर्छ | यस्तो गर्न, त्यस्तो हुनु पर्छ | यस्तो नभए त्यस्तो गर्दिन | त्यस्तो नभए यस्तो गर्दिन | यथार्थ काम, के हो ? कस्तो हो ? कसरि हो ? हो कि हैन ? केको चासो ? [बिदेशीको नेपाली (डेभ्लपर्स) प्रतिको सोच]
प्रयत्न गर्दैछु, लेख्दै, मेट्दै छु, कुनै टुंगो, दिन सकिरहेको छैन | म, यादहरु, फिर्ता चाहन्छु | म, शब्दहरु, फिर्ता चाहन्छु |
सिमसिम पानीमा, थोपा गन्दै, आकाश हेर्दै, तिमी र म, संगै भिजेको पल |
यो देशमा, यो भेषमा, टिक्नेहरुको हूल, भिड जस्तो लाग्दैन | कोलाहल लाग्दैन | नसुहाउँदो लाग्दैन | आफ्नो लाग्छ | यहाँ केहि सोच बिर्सिनु पर्नेछन्, केहि त्याग्नु पर्नेछन्, केहि बटुल्नु पर्नेछन् ! अनी, केहि सोच बुन्नु पर्नेछन् | त्यत्ति हो !
हजार होलान, नभए सय ! मान्छे छन् | जो, अरुका लागी, बाँच्नु, आफू बाँच्नु मान्छन् ! जो, अरुका लागी, हाँस्नु, आफू हाँस्नु ठान्छन !
फुरेको बेला नलेख्नेहरु, लेखक बन्दैनन | नफुरेको बेला लेख्नेहरु, लेखक बन्दैनन | लेख्नका लागि लेख्नेहरु, लेखक बन्दैनन | बाँच्नका लागी लेख्नेहरु, लेखक बन्दैनन | बिज्ञ हुदैमा मान्छे, लेखक बन्दैनन | कलम समात्दैमा मान्छे, लेखक बन्दैनन | पिडामा लेख्दैमा, प्रेमी लेखक बन्दैनन | खुसीमा लेख्दैमा, प्रेमी लेखक बन्दैनन | नशामा लेख्दैमा मान्छे, लेखक बन्दैनन | लेख्दैमा […]
म, आफू नियाल्ने मान्छे ! निश्चिन्त, मुहारमा उज्ज्यालो, भान हुने कुरा हो | मस्त छन्, नयन, लट्ठ छन्| बोलीको सुर, अर्कै सुनिन्छ, मिठास छ रे | कोहि राम्री लाग्नु, त्यसैले आफ्नो कुरो !
चरप्प, कलम समातेर, बेस्सरी, अफ्नो मनले, कागजमा, स्पर्श गराउंदा, लाग्छ, म, कसैको आकृति माथी, आफ्नो मन कुदाउदै छु, म कसैका, सम्पूर्ण आवरणहरु, शब्दमा उतार्दै छु | टाइप गर्दा, शब्दहरु उछिट्टीन्छन, मकैको घानबाट, फ्याट्ट मकैको फुलो उछिट्टीए झैँ | यसमा मजा होला, नशा छैन | मलाई, मैले चुमेको, आकृति कोर्नु छ, मैले स्पर्स गरेको, तन लेख्नु […]
हाम्रो, हजुरबुबाको बाउले, भन्नु हुन्थ्यो रे, दु:ख नगरी सुख पाइंदैन | अनी हाम्रो बुबाको बाउले, भन्नु हुन्थ्यो रे दु:ख नगरी सुख पाइंदैन | अनी स्वयं बुबा, भन्नु हुन्छ दु:ख नगरी सुख पाइंदैन | जब, पुस्ताले, त्यही एउटै कुरो, भनेको भनै, गर्छन भने, जो दु:ख नगरी सुख खोज्छ, त्यो मुर्ख हो | ठोकेर भन्न सकिन्छ |
विगत देखी, भाग्न खोजेको हैन | भबिष्य देखी डराएको पनी हैन | तै, अन्डो गर्न नमिल्ने, बिगतहरु, म, एकतर्फी बिर्सेर मेट्दै छु | अरु, भुलाउन नसकेका, बिगतहरु, म, एकतर्फी पिएर मेट्दै छु | अरु, जिउन नसकेका, बिगतहरु, म, एकतर्फी जिएर मेट्दै छु | बस्, बाँकी, केहि विगत, म आफूसंगै लिएर हिड्ने, झिनो, लिप्सा गर्छु | […]
मान्छे, जिन्दगीमा, जम्मा दुइटा अवस्थामा, हुन्छ | समस्या पर्दा, दुखी हुँदा, लाग्छ, आफू मात्र हो, जो समस्यामा छ | कसैलाई किन, वास्ता होस् ? जब सबै आ-आफ्नै, ध्याउन्नमा मस्त छन् ! सबैको आफ्नो चटारो ! आफ्नो कुरो आफुसंग हुन्छ | त्यस्तो कोहि भेटिन्न जो, आफूलाई बुझ्न सकोस | आफ्नो समस्याको अरुलाई के अर्थ ? दुनियालाई […]
दुई घण्टा भएछ, कानमा, हेडसेट टाँसेर, स्याँ… (silence) सुनेर बसेको | जैले यस्तै हुन्छ |
यो काम, भोलि गर्छु | त्यो काम, भोलि गर्छु | यसो, त्यसो, भोलि गर्छु | अहिले गर्नुपर्ने भोलि गर्छु | महत्वपुर्ण काम, भोलि गर्छु | अहिले र आज, जे चाहिदैन, जे नगरे नी हुन्छ, जुन गर्नु र नगर्नुले, केहि फरक पर्दैन, त्यहि गर्छु | म हरेक भोलि यस्तै गर्छु | तर मैले, यस्तो गर्नु हुन्थेन […]
मेरो समय, तिम्रो समय, हाम्रो समय, हाम्रो आफ्नो समय, खल्तीमा, बोकेर हिनेको समय | के गर्नको लागी, खल्तीमा राखेको हो, भनेर बुज्दा नबुज्दै, सायद, खल्ती फाट्ला | समय चुहिएला | र कुनै दिन, त्यो, सकिएला | समय सकिएला ! खल्ती, सिलाउनु पर्छ |
केहि कुरा, हजारौँ पल्ट हुन्छन, केहि सयौं पल्ट केहि दश केहि पाँच, अनी केहि, दुई पल्ट हुन्छन | जिन्दगीमा एक पल्ट हुने, कुराहरु, फेरी फेरी हुदैनन् | आउदैनन | ती, म चिन्न चाहन्छु | जसमा, साथको मजा हुन्छ |
बिर्सन खोजिएका, कुराहरुमा, उफ्री उफ्री, पल पल, छलांग मार्ने, चेस्टा गर्नु, अनी, बिर्सिन सकिन भनेर, गुनासो गर्नु यो अस्वीकार्य हुन जान्छ |
म, तिम्रो अनुहार खुसि छ भनेको देख्न नपाऊँ, तै, सुन्न पाउँदा, आफ्ना ओठहरु, मन्द खुलेको अनुभव गर्ने मान्छे | म तिमीलाई, बिर्सिन नचाहेको मान्छे | म तिमीलाई, सम्झन नसकेको मान्छे | म तिमीले, बिर्सिन नचाहेको मान्छे | म तिमीले, सम्झन नसकेको मान्छे |
गन्न नमिल्ने कुरो, हिसाब राख्न नमिल्ने कुरो, ढाँट्न नमिल्ने कुरो, बिर्सिन नमिल्ने कुरो, सानो कुरो, मनको कुरो, सम्झनाको कुरो |
यस्तो हुन्थ्यो कि, हामी फरक हुन्थ्यौं.. हामी एउटै हुन्थेंनौ | र सम्झना नसंझिनुमा खयर मजा हुन्थ्यो | जिन्दगी, दलिनबाट तप तप, पानी चुहेको देखिएजस्तो, चुहेको, काश देखिन्थ्यो !
कुनै, कारण रहेन अब | साथ, छुट्ने कुरो | मन, टुट्ने कुरो | मात, नलाग्ने कुरो | उमेरले दिन्छ रे | त्यसैले, साझँमा, बानेश्वोर चोकमा, मन्द पानी परेको बेला, बाटो हिड्ने बटुवा, आजकल, अपरिचित लाग्छन !
कोड लेख्नु, र, मनशा लेख्नु मा, एउटा फरक देख्छु | मनशा मा, syntax error हुदैन ! interpretation error ले, reader सँग सम्बन्ध राक्छ |
समय, परिस्थिति, बुझ्नु, त्यसमा भिज्नु, माहोलको, मजा लुट्नु | जान्नु, नितान्त आफ्नो कुरो !
टुक-टुक, छक-छक, छुक-छुक, जे गरोस | समयको आवाज हुन्न |
म, कुनै, सितलो रुख मुनी, छहारीमा बसेर, आजभन्दा बिश चालिस वर्ष, पछिको, कल्पना गर्न चाहन्छु | म लट्ठीन खोज्दैछु |
मनमा, कुरा नराख्नु रे | भन्नु रे | लेख्नु रे | साट्नु, बाँड्नु रे | यत्ति एउटा कुरो हो, मान्छेले मनमा नराख्ने | जमाना बेइमान छ |
तिमीले हेर्ने चन्द्रमा, अनी मैले हेर्ने जून ! तिमीले हेर्ने आकाश, अनी मैले हेर्ने क्षितिज ! तिमीले हेर्ने संसार, अनी मैले हेर्ने समाज ! तिमीले हेर्ने जिन्दगी, अनी मैले हेर्ने समय ! तिमीले हेर्ने आज, अनी मैले हेर्ने वर्तमान ! तिमीले हेर्ने साथ, अनी मैले हेर्ने साथी ! तिमीले हेर्ने माया, अनी मैले हेर्ने प्रेम […]
वास्ता नगरेको प्रस्ताब | फुस्केको जागिर | छाडेको पद | नलिएको पैसो | छुटेको सम्बन्ध | उम्केको माछो, ठूलो हुन्छ रे !
जानी-जानी गल्ती, कसले गर्ला र ?
"ट्रेन कतिखेर छुट्छ ?", "छुटिसक्यो |", "किन त्यसो गर्नुभा?", "तिमीले गर्दा |", "मैले के गरे ?", "केहि गरिनौ |" [palpasa cafe]
संबिधानको धाराझै, मेरो साथी, अपहरित भएको छ | उसको कथा मात्र, मसंग छ | [palpasa cafe]
नीलो मसीवाल कलमले, रातो अक्षर लेखेको छ | रंगले आजकल आफ्नो, भाषा बदलेको छ | [palpasa cafe]
एकाबिहानै सन्किनुको, के अर्थ हुन्छ ? [palpasa cafe]
बाबुजी ने कहा गाउँ छोड्दो, सब्ने कहा पारोको छोड्दो, पारो ने कहा पिना छोड्दो.. आज तुम केहती हो घर छोड्दो.. कुछ दिन ओ कहेगा कि दुनिया छोड्दो [devdaas]
तिमीलाई भेटेको साँझदेखी म समयको नियन्त्रणमा छैन ! मलाई, त्यस्तै लाग्दै छ समय तपाइको नियन्त्रणमा छ ! उसले भनी ! [ पल्पसा क्याफे ]
म एउटी साधारण केटि हुँ ! तपाई भन्नुहुन्छ, तपाईका लागि म ऐना हुँ | त्यस्तै लाग्छ म निर्जिब हुँ | मेरो तात्पर्य के भने म आफ्ना लागि केही पनि होइन | के नठान्नुहोला भने म अरुका लागि हुँ | म त्यो पनि होइन | जो आफ्नै लागि हुन सक्दैन, अरुका लागि के हुन सक्ला ? […]
"म पहिलोपल्ट कसैलाई कोट्याएर आफ्नो परिचय दिदैछु.. ", मैले भनेँ | म आफ्नो समय स्याउझैं काटेर टक्र्याईरहेछु | [ पल्पसा क्याफे ]
मैले, हुन्छ भनेर भएन, मैले, हुदैन भनेर भएन | मैले, गरम भनेर भएन, मैले, नगरम भनेर भएन | नहुनु जो थियो, मेरो के लाग्थ्यो !
आज, हेराईको कुरा हुन्छ, मौसम मात्र कति बेमान होस् ! कहिले काहिँ, कसैको, हेराइमा लट्ठीनु, अनी, अनवरत, उसैका नयन, लिप्सा गर्नु, सायद, उमेरको माग ! शब्दमा भन्नु पर्दा, हाम्रो नयन समागम, यस्तो थियो कि, मानौ, उसले मलाई, तानी, चरप्प समाती, अनी, किस गरि, र, बाई पनी नभनी, भागी ! उसका, फर्की, फर्की हेर्ने, आखाँहरु, म […]
एउटा कुरा, सम्झिनु, गर्नु, देखाउनु, बोल्नु, जिन्दगी दुइटा भए पो !
सानो कुरो, मिठो कुरो, रमाइलो कुरो, चट्टको कुरो, खदिलो कुरो, आशाको कुरो, निराशाको कुरो, सम्भावनाको कुरो, अपरिचित कुरो, चिनाजानीको कुरो, सप्पै कुरो, तर, छोटो कुरो | विदेशी कुरो !
कुन्नि कुन हो, याद छैन, दिन | म सम्झन नचाहदो हुँ | तै, बाटो, माटो, घाम, पानी, ऊ माथी, पानी उही पर्छ | म माथी नी उही पर्छ | हामीले ओड्ने छाता, ऊ एक्लै ओडेको देख्न, म नचाहदो हुँ | समय घुम्छ नी ? रोकिन्न नी ?
नेपालमा समय बिस्तारै हिनेको जस्तो लाग्छ | रमाइलो लाग्छ | आजको कान्तिपुर दैनिक बाट प्रेरित (हिमाल हेरेर रोएँ, क्रिस्टिन रेनिए )
एकथरी, हुनेखाने अर्काथरी, हुदाँ खाने बिचमा खाल्डो छ ! नेताहरु खाल्डो अझै गहिरो पार्ने पानी को मूल भेट्टाउने अनि बत्ति निकाल्ने सोच्दै होलान ! आजको कान्तिपुर दैनिक बाट प्रेरित (हिमाल हेरेर रोएँ, क्रिस्टिन रेनिए ) 2068-1-17
मनशा जोख्ने मन छ | डिजिटल जोख्नेमा, प्रेसिजन हुन्छ रे | एउटा मनशा | कम्तिमा दुई किलोको हुनु पर्छ भन्छु म | मनशाले हान्नु पर्यो भने, लाग्ने, ढलोस !
नेपालमा university छैनन् teacher छैनन् अरु त अरु, student नै छैनन् | exam हुदैनन्, certificate को अर्थ लाग्दैन, यहाँ | बेला बेला.. आफूँ पनी छु जस्तो लाग्दैन | यहाँ, सोचहरु छन् भुँडी छन् रक्सि छ चुरोट छ.. गल्लि छन्.. चोक छन्.. गफ छन्.. मजा छ ! यत्तिले हो अडिने, अडिने | भाग्ने, भाग्ने |
हावा हुरी चल्दै छ, चलोस् | एउटा मन त छ बाँकी, उडाओस् ! चि..
Life changes because perspectives change. x- my-life-my-perspectives -x
your are Rose you know ? i am angry with your thrones. let me try to decorate you with magical words. I wont stop writing, whenever you haunt me. Via @beeemal
जूनको मधुरतामा, लट्ठिएर, त्यसमा, आफ्नो, अनि, आफ्नी प्रियतमको, मन, खोज्ने, एउटा, इन्जिनीयर को कथा ——————————- story of the guy who eternally stares at moon, in a wish to get a glimpse of nobel. and is engineer by profession. ——————————- -2011- imaginary fictional any resemblance to *.* would be coincidental
कसैलाई, बिर्सने बहाना खोजेको | आजकल, यादहरु आउदैनन, बोलाउनु पर्छ | केहि लेख्ने प्रयास गरेको | आजकल, कुराहरु फुर्दैनन, फुराउनु पर्छ ! समय न रैछ !
एकतमास, संसार जे खोज्छ, त्यहि खोजिरहेछु, संसारको भएको छु | म, आफ्नो रहन, सकिन!
मान्छेको हलमा, मान्छे, त्यतिबेला स्वतन्त्र हुन्छ, जब, उसलाई आफू, स्वतन्त्र छु भन्ने, [भ्रम] पर्छ | यो यस्तै हो, माने छ, नमाने छैन !
बहाब संगै बहने, वा, नयाँ हुरी बनेर थपिने, जम्मा, दुइटा बाटो छन् |
राम्रो साथी बन्न लाई, Time Pass गर्ने तरिका, मिल्नु पर्छ रे.. नमिले, मिलाउनु पर्छ रे..
कुनै ताका, म कसैको, नाम जपिरहन्थें, मानौं त्यो कुनै मन्त्र थियो ! र, त्यसलाई जपे, म स्वर्ग पुग्थें |
दलिनबाट, तप-तप, पानी पोखिँदाजस्तो, छताछुल्ल, आफूलाई, शब्दमा पोख्दा, मजै अर्कै !
बत्ति बलिरहेछ, मेरो कलम, चलिरहेछ, अनौठा शब्दहरु, टपक्क झर्छन, अनायासै, कलम रोकिदिन्छु म, यसो माथी, आखाँ लैजान्छु, सरर पद्छु, लौ, यत्रो लेखिएछ ! पुग्यो ल |
आफूले बिताएको जीवन, अरुले बिताउदै देख्छु, भोगी रहेको देख्छु, त्यसैले त लेख्न मन लाग्छ, त्यसैले त भन्न मन लाग्छ, त्यस्तो भए, यस्तो गरेस, यस्तो भए, त्यस्तो गरेस |
मान्छे, कि वारी हुन्छ, कि पारी हुन्छ, बिचमा हुन्न ! कि माथी हुन्छ, कि तल, लिन्ठिङ्ग अडिन्न ! खुसी, कि दायाँ छ, कि बायाँ छ ! बिचमा साँध छ, बिचमा दोमन छ, र, मलाई सोध, बिचमा तड्पीदाको पीडा !
सानो जाली रिमाल, उपहार दिएर, एउटा नौलो संसारको, छानो मुनि, हाम्रो दुनिया फुलाउने, मेरो इच्छा, सायद, रुमालमै, सिमित भयो |
पारी, क्षितिजमा, मेरो एउटा, सपना देखिन्छ | तै, मलाई, कैयन रात, ननिदाउनु छ | तिमी सायद, क्षितिजमा, केहि देख्दैनौ, मेरा सपनाहरुको, के वास्ता, तिम्रा जो परेनन |
माथी अटस्स जून, थोरै तल बादल, बादलले डाँडा चुमेको, डाँडाको खोचमा, झरना, झरनाको चिसो पानी, आच्छुछु! थोरै उता, सानो घर, खरको छानो, बाहिर म, कतै पर हेर्दैछु, देख्नेले ठान्ला, टोलाएछ ! झरनाको संगित, अनौठो तरङ्ग दिदैछ ! क्षितिजबाट सुनौला किरणहरु, मेरो आँखा, धमिल्याईरहेछन् ! झरना बांगो टिंगो बग्दैछ, आहा! कस्तो संग्लो, सेतो पानी! हरियो बन, […]
मान्छे, २-४ थरिका हुदाँ रैछन्, कोहि, देखाउन जन्मेका ! कोहि, खान जन्मेका ! कोहि, हल्ला धेरै गर्ने ! कोहि, काम धेरै गर्ने ! कोहि, केहि गर्न नखोज्ने ! केहि गर्न नदिने ! यो अन्तिम खालका, बाँदर हुन् !
एउटा सानो, झिल्कोले त हो, आगो बाल्ने | सम्झनाका, तरंगले, त्यसैले, मुटू अठ्याउछन ! बिबसता, देखिने कुरा हैन, व्यर्थका कुरामा, रुमल्लिदै हुन्छु, त्यसको अर्थ यो हुन्न कि, म ती कुरा, बिर्सिन, नचाहदो हूँ !
केवल बाँच्नु, वा, यस्तै केहि, जिन्दगी हो | यो सोझो लाग्छ | तर बांगो छ !
बर्षायाममा, झमझम, पानी पर्ने हुने, मैले पढ्न किन नहुने ? [~ VNHSS]
जिन्दगीका, एक-दुई मान्छेहरु, जसको, गालीमा पनि, माया हुन्थ्यो !
म स्वार्थी थिएँ, छु, र, रहिरहनेछु, किनकि, हिजो पनि मैले, आफ्नै मन देख्दा लेखें, आज पनि, र, सायद, भोलि पनि | दोषी, कलम कहाँ हो र | [दाजू]
अचानक आँखा जुध्यो, नयाँ ठाउँमा, नयाँ मान्छे संग | लामो कपाल, तेजिला आँखा, अनि, त्यो ओठ ! उसको सुन्दरताको प्रसंशा, त्यसबेला, मिठो मुस्काएर मात्र गर्न सकें मैले |
इच्छा, जसका पनि हुन्छन, अनगिन्ति! आफ्ना इच्छा, पुग्नै पर्छ, अनि, नपुग्नु दुख हो, भन्नेहरु, दुखि हुन् |
संसार, बदलिन्न रैछ, यो चल्ने कुरो ! बदलिने, सोच पो त |
थोरै बोल्नु, धेरै सुन्नु, थोरै लेख्नु, धेरै भन्नु ***
जिन्दगीका, केहि बिछोड, म, फिर्ता चाहन्छु !
भन्ने हरु, भन्दै गर्छन, आफ्नो काम, नबिर्सिनु, अरुको दुखमा, सुख, नदेख्नु त्यै हो !
बूरा मत देखो, बुरा मत कहो, और, बुरा मत सुनो define: बूरा
आँखामा, मायालु पाराले हेर्नु, मुस्कुराउनु, त्यसपछी, हेरिरहनु, को, अर्थ खोज्दै छु | -2005-
प्रश्न, थोरै छन, तर, उत्तर नभएका !
म भनुम ? तिम्रो बोली, तिम्रो लबज, तिम्रो सुर, अनि, ताल, तिम्रा नयन, अनि, मेरो हाल, सबै, लट्ठ छन् |
फेरी, मौसम को कुरो हुन्छ | समय घुम्दै गर्दा, मनले मन, चुम्दै गर्दा, न्यानो, अनि अझै न्यानो, खोज्ने, प्रहरको, कुरो हुन्छ | गुटुमुटु, बेरिएर, मन्द न्यानोमा, लटठीने कुरो हुन्छ, बेइमान मौसम ! जाडो है |
पहिलो पेग, पहिलो चुम्बन जस्तो, लाग्छ रे, सम्बन्ध, छुटेपछि, जिन्दगीले, लुटेपछि !
जब, विश्वास गरेका, सालका रुखहरु, कट कट कट, गर्दै, डरल्याम्म, ढल्छन, अनि, आफैले देखेका, एक दुई, सपनाहरू, च्याप्छन, लाग्छ, विश्वास गर्ने, एक दुई, ठाउँ पनि, ब्यर्थ रैछन! मेरो, भन्नु केहि छैन |
रातको १२ बजी सक्यो … मेरो निन्द्रा खै कहाँ गयो.. जबर्जस्ति निदाउन खोज्छु म… खै के गरु म सक्दिन.. 1.30am Aug 28th 2010
अनौठोसंग, मिठो अंगालोमा, बाधिएर, जिन्दगीको, मजा लुट्न चाहने, मान्छे
अनौठो संग, यादको, मादकतामा, आफुलाई, अल्झिएको पाउँदा, लाग्छ, संसारमा, जे छ यादहरुमा छ!
एकाएक दुई-तिन चार कुराहरुको बिचमा आफुलाई पाउँदा लाग्छ संसारमा म मात्र हो जसलाई गारो भैराछ!
प्रश्नहरु, अप्ठेरो परेपछि, उत्तरहरु, भेटिन्नन रे!
कसैको हाँसो चोरेर, नभाग्नु!
अचानक, सानो, आश आउदै गर्दा, मैले, सास फेर्दै गर्दा, स-साना, पुराना कुरा ले, मन, नमिठो पर्दै छन, म, यी, कुराबाट, बाट बाहिरिने, प्रयास गर्दै छु !
धूम तेरे ihsq कि, तुमसे मिल्ना, जिया डोलना, मेरे अशिकिके, खै के खै के सुन्दै छु
at the age of 10 i obeyed everything they said at the age of 15 i obeyed everything they said at the age of 20 i agreed everything they said today i agree whatever they say but they do not say to me at all! seems like, its signal for the topic
तिम्रो हेराइको, परिबेशबाट , बाहिरिउं, यो मैले, सोच्न सक्दिन !
पल्पसा क्याफेको चिठी, कसैले मेरो नाममा, सम्बोधन गरेर, (नगरेपनि) भागे जस्तो लाग्छ, प्रिय, भूपाल ..तपाइले मलाई, सुटुक्क चोर्नु भयो, र, आफै, हराउनु भयो ! …आखिर तपाई, हुनुहुन्छ नै को, जो, अर्कालाई थप्पड हानेर, हराउछ ? .. प्रेम भन्ने, शब्द नै, किन उद्दरण गर्नु भयो, जब तपाई, सच्चा हुन सक्नुहुन्न […]
एक-दुई, स-साना, रमाईला कुरामा, अल्झेर, मन रमाइलो पार्दै हिन्छु, मैले बिगत सोच्न छाडिसके | भविष्य सोच्ने, भएको भए, यहाँ हुन्थिन होला ! र त लाग्छा, कहिलेकाही, कोहि नजिक होस्, कोहि बाटो पहिल्याउन, साथी होस् |
बिहान उठ्नु, मुख धुनु, (कैलेकाही बिर्सिन्छ यो पनि ) नास्ता गर्नु, अफिस जानु, काम गर्नु, घर आउनु, हल्का पल्टिनु, खान खानु, सुत्नु, अनि, फेरी सुरु बाट | क्या लाइफ छ !
आजकल, सम्झना मा जिउदै छु, आशमा, जिउदै छु, ‘उसले देखेको म’, जिउदैछ !
कुरा, समयमा नै, बुजेको राम्रो, यो, समस्या हैन, त्यसैले, यसको, समाधान भेटिदैन !
म बस, आफैले, अहिलेसम्म, मगजमा हालेका, ‘सोच’हरुबाट पीडित छु ! मलाई, खालि यस्तो गर्नु हुन्न, भन्ने मात्र सोच आइरहेछ, न कि, यस्तो गर्छु भन्ने आँट | म कायर हो, म लाचार हो, आफैले कुँदेर बनाएको, सिलौटामा, आफ्नै जिन्दगी च्याप्ने मुर्ख हो, तै, हिड्नु त पर्छ |
मलाई आज, निद्रा लागिरहेको छैन, मनका, २-४ तरंगमा, म आफ्नो निद्राको, बेतालले, मजाक उडाईरहेछु, मलाई यस्तो लाग्दैछ कि, मैले सुत्नु पर्दैन, र म सुत्न बनाईएको हैन |
आज, मेरो मनले, मलाई नी धोका दियो !
निरिह छु, सबेई खेल्छन. तिमि पनि, खेले हुन्छ, खेल्दा खेल्दै, झर्को लागे, भिर बाट, ठेले हुन्छ |
आज फेरी, मलाई केहि, लेख्न मन लाग्यो ! गजल भित्र तिमीलाई, देख्न मन लाग्यो
अस्ट्रेलियनहरु हात तान्छन्, नेपालीहरु खुट्टा तान्छन्, जे ताने नि तान्ने नै हो, but, i wonder, at, the differences!
म VAT तिर्छु, मेरो salary बाट कटाएर, ताकी, बिध्युत प्राधिकरणका, कर्मचारीले, उनीहरुको तलब, नकटाई, ठ्याक्क-ठ्याक्क, टाइम मिलाएर, बत्ति काटुन ! थुक्क नेपाली राजनीति ! *** ( फोकटको राजनीतिमा उडाउने पैसा को, कति megawatt बिजुली आउला ? ) ***
म, फूल मन पराउने मान्छे, फूल मा, काँडाको उपस्थिति स्विकार्ने मान्छे, जोगिदै, फूलसंग जिस्किन खोज्ने मान्छे, फूलको शीतको, अनी, कोमल स्पर्सको, भाव बुज्न कोसिस गर्ने मान्छे, फूलको लागि, गमला किन्ने मान्छे, नमरोस नझरोस भन्दै, पानी हाल्ने मान्छे, त्यो, मैले रोपेको फूल भनेर, गर्व गर्ने मान्छे !
ठप्प अडिएर, एउटा कुनामा, मन टोलाउदा, अनौठो, मजा आउने !
यहाँ लेख्नेलाई नि, फुर्सद छैन, पढ्नेलाई नी ! म पढ्न रुचाउने मान्छे, न कविता लेख्न जानें, न त कथा, गजल भन्योकी, कसैका आँखाको गाजल सम्झिन्छ | नाटक हेर्ने पो त, गर्ने पो त, मैले गीत गाये के के हुनी हो, यत्ति हो, मलाई आउँने, मन मनै, कहिले नशामा, यादको, साथको, अनि, चाहतको ! अनि कहिले, […]
साथ भने नि, प्रेरणा भने नि, motivation भने नि, inspiration भने नि, support भने नि, जे जे भने नि, चाहिँदो रैछ, जिन्दगीमा, जोशिला छिन, कति पो हुन्छन् र ?
कम्प्युटर इन्जिनियर भयो रे, छोरो, यो पछाडिको, ’इन्जिनियर’ भन्ने, शब्द सायद, मन परे होला | के था ? नेपालमा सफ्टवेयर, बाँदरलाई नरिओल! भविष्य छैन !
पानी, परे नि, हुन्थ्यो, नि
हामी वारीबाट, ऊ पारिबाट, आँखा त जसको नि, जुध्छ नि, मुसुक्क हास्दै गई, मोरी!
एउटा aquarium, किन्ने सोचेथें, बैनीले गाली गर्थी, आफ्नो त हालत येस्तो छ, माछा कसरि पाल्चस? येसो घुम्दै जांदा, Fishville भेटियो, ९ ओटा tank छ, दिनमा ३६० ओटा माछा, खान दिएन भन्दै, गाली गर्छन होला ! बेच्दिन्छु अनि थाहा पाउछन्
किन किन, Twitter मा आउने मजा, facebook मा, भेटिन मलाई, follow गर्ने कि ?
हिन्दै थिएँ, आजकल हिड्ने भाछु, संगत न हो, ज्यानमा, जोश छउन्जेल, हिनुम न अचानक, पछिबाट, घोडा आएजस्तो लाग्यो, येसो हेरेको, silencer निकालेको, VR पो रैछ, गधाहरु!
अनौठोसँग, सोचहरु, घच्घच्याउछन्, त्यसैले त लाग्छ, अझै केहि गर्न, सकिन्छ कि ?
आजकल मुसाहरुले, आलु खादैनन, मेरो computer को, तार काट्छन, सत्यानास होस् !
थोपा – थोपा पानी, wind chimes को, टिंगडिंग - टिंगडिंग, सरर चलेको, मन सितलो पर्ने, बतास, अनि, केही मीठा यादमा, निदाउन खोजीरहेको, म, वा!हा! क्या मौसम छ!
पढेको र परेको, मा, दोस्रो, आत्मीय मान्छु, पहिलो, एकोहोरो हुन्छ रे, उसको कान हुदैन रे, अरुको सुन्दैन रे ..
होश गुमाएर, कसैलाई, माया गर्छु भनेको पीडा, अहिले, होशमा हुँदा, असह्य भयो! गल्ती, जानी – जानी, कसले पो गर्ला र, सायद, भूल गर्नुको मजा नै, यहि हो कि ?
मैले, सोच्न छाडेको, धेरै भैसक्यो, तै, सोच बोक्नेहरु, अनि बाँड्नेहरु, मलाई, राम्रो लाग्छन ! आत्मीय लाग्छन !
विश्वास भन्ने, शब्द र भाव, मा नै, बिश्वास लाग्न, छाडिसक्यो !
मेरा, १० जना साथीले, पालै पालो, तैले मान्छे चिन्दैनस्, भनिरहे, म सुन्दै गए, १० जनाले, १० सै जनालाई, चिनाए, म अझै पनी सुनिरक्छु
अचानक, पर बाट, कसैले बोलायो कि, झैँ, मानें, हैन रैछ! म आजकल, टोलाउने भा छु, यस्तै!
म पीडा, सहन सक्छु, धोका अहँ! धोकामा पीडा त हुन्छ, तर पोल्ने खालको, नरुवाउने!
यता र उता, हिन्दा-हिन्दै, कता न कताको, यता न उताको, भइएछ!
जिन्दगीका, स-साना कुरामा, अल्झेर के गर्नु ? भविष्य बन्ला र ?
एकपल्ट, माया अनुभव गरेको, यो मनले, देखावटीपन, चाडै चिन्छ, र त लाग्छ, अब फेरी त्यो, अनुभव हुन्न कि ..
कहिले काही,मनका कुरा,हाम्लाई पनी भन ।ढुङ्गा जस्तो हैन होला,हाम्रो पनी मन,जिन्दगानी के छ र यार !
समयले,मसँग,परिवर्तन माग्दै छ,जाबो,त्यती पनी,नदिउ त म?
तिमी, हावा संग बोल्छौ, बरु चरा संग बोलौली, की खोला संग बोलौली, मसंग! अहँ.. म चराले बोलेको बुज्दिन
खै, के भनम, के सोधम, के गरम, नगरे नी, सुख छैन, गरेनी सुख छैन !
तिमी नलेखमनलाई लेख्न देऊजे लेखिनेछ तिम्रो कविता हुनेछतिम्रो साहित्य हुनेछतिम्रो दर्शन बन्ने छ ।
तिमी संग, लाडीने, म, आजकाल, तिमी बिना, तिम्रो यादमा, शब्द-शब्द संग, लडिबुडी खेल्छु !
जोले जे भनोस, मान्छेको, दुइटा मन हुन्छ, एउटाले पत्याउछ, अर्कोले मान्दैन, होनी, हैन र?
today, i felt, her heart, in my lips! (manasha by Bimal acharya)
you have a heart, you know? that is why it hurts…
म जब तिम्रो सर्वश्वो हेर्छु लाज त तिमीले मान्नुपर्ने ! तर, म नै आफैं आँखा लुकाउदैछु ! तिमी कि म, को-ले ? त्यस्तो, जस्तो गरियो गर्न हुन्नथ्यो ? कि गरेको मिलेन र ?
अलिकता वाइन, थोरै याद, आत्मिय साथ, खोज्ने मा, म नि पर्छु ।
कसैको मन मा, को पस्न सक्छ र ? सानो कोशीस गर्ने न हो, बुझ्न लाई!
मैले चाहेर भएन, मेरो ईच्छा बिनै, कैयन कुराहरु, मलाई रुवाउछन! किन ?
केही कुरा, त्यस्ता नि हुन्छन, जो, नभनेकै ठीक! नोसोधेकै ठीक!
विश्वाश भन्ने कुरो, नखोज्नु! गर्नु!
आज एकै छिन, रुन मन लाग्यो, बिगतलाई, धुन मन लाग्यो!
थोरै हास्न जान्ने,अनी,अली अली बाँच्न जान्ने,थोरै गफ हान्ने, तर,टन्न गफ जान्ने, कैलेकाही भनेको मान्ने, कैलेकाही साच्न,अनी, थोरै नाच्न जान्ने, अली अली सबैले मान्ने, अनी कैलेकाही मलाई छान्ने,कोही होस्!म यतै छु ।
बिवसता अनी लाचारी,जो सँग छ,तै! सबै आआफ्नै तालमा, मस्त छन।म पनि!
कुनै नौलो,कुरो भएन!ऐजन,ऐजन,कैले म मात्र, कैले उ मात्र,सँगै हुने कैले?खै?
एउटा गीत, सुन्दै थिएँ, नयनका, गाजलका अनि, काजलका,कुरा भए । बाँसुरी अनि, मादलका,कुरा भए । मीठो आफ्नोपन, मिलेथ्यो । कसैका नयन, सम्झिरहेँ म, त्यो पल ।
बैशाख, जेठ, लाग्न, अझै, टन्नै, छ । तै, मलाई, गरम, गरम, लागीरहेछ ।
पहिले-पहिले, बत्ति,बल्थ्यो । आजकल, बत्ति,जान्छ ।
म, तिमी माथी, नभएर, हामी माथी, छ यो समाज! त्यसैले, समाजको, बोली, गोली हुन्छ रे ।
म भित्र, एउटा सानो, ब्याट्री छ रे, घडि छ रे, जहिले सम्म चल्छ, म चल्छु रे! ब्याट्री सकिएपछि, हजुरबुवा, लिन आउनुहुन्छ रे, होला र? खै, टीक-टीक, आवजै आउन्न ।
बैसको, बेला, नऊठे, कहिले, ऊठ्ने त? सुत्न त, जीन्दगी छ नी ।
अनौठो, अँगालोमा, मेरो काँध, बिस्तारै, अढ्याएर, म, लामो, सुस्केरा, हाल्न, चान्छु । म, थाकिसकेँ ।
एउटा, सँगीतमा हुने जादू,र एउटा, तरुनीमा हुने जादू, दुबै जादू, तर, फरक जादू ।
सानोमा, सरले, कानको, लोती, तानेर, झापड, हानेको, सम्झाना, अहिले, रमाइलो, याद बनेको छ ।
बस, केही, सानो कुरो, बोल्ने इच्छा, छ । तर के गर्नु, कसलाई, फुर्सद, सुनिदिन !
इच्छा शक्ति, उसको जस्तै, मेरो पनी, छ, थियो । हाललाई, परिस्थितिवस, बिदामा छ ।
विगत, सम्झनु, डुब्नु, हुन्न । थाछ । तै, त्यसको, अफ्नै मजा छ ।
नमीठा कुरा सुन्दा, मन नमीठो भयो ! मीठा कुराले, मन गुलियो भयो, सँधै, गुलिया, कुराहरू गर्दे, मन मीठो पार्दै, बस्ने, एउटा साथीको, खोजीमा छु ।
नीलो रँगमा, शान्ती, अनि, हरियो रँगमा, समायोजनको, आशा, पलाउँछ भन्छन ।खै, भएन! मन पर्ने रँग, change गर्ने, सोच्दैछु ।
चौबिश घन्टा, उज्यालो, रोगी अहँ, सररको बाटो, नयाँ सोच, पलाउने, माहोल, केही गरौ भन्ने मनहरू! यस्तो होला की, नेपाल बेचिदिउँन ।
timra nayen,susta susta,ma maa parun.timra sara,dukhaka aasu,bistarei bistarei,mero kaadh ma,jharun.timra sukhaka,palharu,sustari sustari,ma maa sarun,bistarei bistarei,man6eharu,hamro saathko,halla garun.basjindagi k chha ra,timi chhau,ra ta ma 6u,timi nabhaye,jindagani kada sari6,feri pani mero kunei gunaso chhaina…
Purano kura samjhida pani,Mann tesei runchha are,Sapana pani kasto dekhe,Hamro bhet hunchha are.
उसले,मेरो,आँखामा,हेरी नसक्दा,मैले,उसको,मनपो,हेर्न,पुगेछु ।मोरी ।
ती,मस्त-मस्त,मस्किने,हिँडाईहरू,मजाले,हल्लिने,हल्लाईहरू,अनि,सनक्क,सन्किने,आँखाहरू,बस,जिन्दगी,रमाईलो,बनिदिन्छ ।
प्रश्न,अरुसँग सोध्नु,उत्तर,आफ्नो,राख्नु,remix,गर्नु,म:म,चटनीसँग,खानु ।
पालो-पालो,एक पछि अर्को,सबै सँग,नजिकिनु,समयको,खेल, रहेछ! तर,सधैँ,एकैजनासँगको,साथ,अनि,आत्मियतामा,रम्नु,‘साहस’,र,‘माया’,रहेछ ।
आफैँलाई,प्रश्न,सोध्ने,अनि,आफैले,उत्तर दिने!यस्तो मान्छे,बोल्नु नै,किन,हँ?
कोही,मसँग हुदैनन,कोही,मसँग हुन्छन,किन?
जीवन,आफैँ भित्र,हुन्छ,रे !माया,निहीत हुन्छ,रे!आकर्षण,भ्रम हो,रे!सबै,रे,हुन ।
व्यावहारीक,स्पष्टता,जसले,मन पराउँछ ।तर,कती,नै,छन,र,जो,स्पष्ट,छन ।
कसैले,केही भन्दा,मन रूनु,अनि,कसैले,केही नभन्दा,मन रूनु,दूई,फरक,कुरा रहेछन ।
आफै,सम्हालिने कुरा,प्रक्रितिका हुन,जिन्दगी,मान्छेको,पो,त।
आकाश खाली होला,मन खाली होला,रिक्तता भरिएला,तिक्तता भरिएला,जिन्दगी,चलिरह्न्छ,हार मान्नुलाई,बुझाई होईन,कायरता भन्छु म ।
फूलको,मायालु,आत्मियता,अनि,मायालु साथमा,हुने,रोमान्चकता,एउटै,लाग्छन ।एउटा,बस् हेर्न मन लाग्छ,अर्कोलाई चुम्न ।
चारैतिर,धुम्म,बादलले,घेरेको बेला,पानी पर्ला,भन्न,मलाइ पनी,आउँछ,तर,तिम्रो,चेहराको,कालो,निलो,बादलको,भविष्यवाणी,गर्न नसकेर,मैले,आफ्नो,जिन्दगी,बिगारेँ ।बिगार्दै छु ।
एक लक्ष्य,एक जीवन !र,मैले,जिन्दगी,जिउने,निर्णय गरेँ ।
औँशीको,रातमा,पनि,मानौँ,जून,देखिँदो हो त,सायद,जूनको,त्यति,महत्त्व,हुन्थेन कि ?
उठेको,उर्लेको,समुन्द्रको छाल,सम्याउन,गारो पर्ला,तर,धेरै कुरा,आफैँ उठ्दै,आफैँ फैलिदै,आफैँ सम्हालिदै गर्छन,यो,कसैको दोष हो,वा,उमेर !
मैले,सुनाएको,उसले,बुझेन,तर,बुझिन,भनेर,उसले,भनेन!किन ?
हाम्रोमा,सहनेहरू,सहनशीलता बडाउँछन,गर्नेहरु,शोषणशीलता बडाउँछन,जब-जब,अन्याए, र,अत्त्याचारले,सीमा नाघ्छ,तब-तब,के हुन्छ,थाहा छ?केहि हुन्न,बरू,माटो बोल्छ,फिल्ममा ।
मैले,ऊ,हिनिरहेको,बेला,उसलाई,मोहनी,लाएर,मसँग,बोलाएर,के-के,गरेको,सपना,देखेथेँ ।
नमीठो,यादमा,म,तड्पेथेँ,सायद,त्यसैले,तिम्रो,मीठास,खल्लो,भएको ।
अनायासको,संसर्गले,जीन्दगी,बदल्ला र ?
साँच्चि,शब्दहरु,थोरै,छन,तिम्रो,बयान,गर्न त,पुग्दैनन !
सारा,विश्वलाई,मगमग,बास्ना,छर्छु,भन्ने,म,आफू,नै,गनाएँ ।
कैले,पानी पर्छ,कैले,हावा पर्छ,सब चिज,परेको परै,छन,साला,यो,मन,कैले,पर्छ हँ ?
चारैतिर हावाहुरी चल्दा सब दौडिन थाले ! म, आफ्नै गतिमा हेर्दै हिनेको थिएँ !
हावा हुरी,र,तुफान,जसरी,एकैपटकमा,बिग्रेको,चाँहि,होईन, ल !
विवश भएर,बेला,बेला,उसले,आफ्ना,ओठ र,नङ,टोक्दा,म,हेरि मात्र,रहन्छु ।मैले,के गर्नु पर्थ्यो,कुन्नि?
म,चाहन्छु,त्यसपछीको,पनि,गर्छु,तर,एक्लै ।
आँफू,के गर्नु छ,र,के गर्दैछु,था-छैन,भने,त्यसले,केही,गर्ली?
आफूले,बोलेको,र,गरेको,मतलबै,नभएपछि,बोल्न,र,गर्न,जे बोले,र,जसो गरे,पनि,हुन्छ ।हो ?कि,हुन्न ?
जीन्दगी सालासिसीमाबन्द गरेरपिउन मिल्ने भए !
कसै कसैका,आँखा,त्यसको,तलका,अल्लि तलका,अनि,थोरै अझ तलका,अनि,धेरै तलका,नशाझैँ,लठ्याउने,हुन्छन,कसम ।
शब्द-शब्दमा,रमाउन,खोज्छु !थोपा,थोपामा,पनि,रमाइलो,मान्छु ।पल,पल ।
एउटा,अनगिन्ती,चाहनाको,पोको,थपेर,तीनवटा,झुन्ड्याएर,हिड्न,मन,लाग्छ ।
सन्सारमा,हेर्न जाने,सब देखिन्छ,गर्न जाने,सब गरिन्छ ।नजाने,मैले,केही गर्न सक्छु र ?
मलाई,पाँच रुपिँयाको,माया,र,दुई रुपिँयाको,अनुशासन,किनेर,ल्याईदिन्छ्यौ ?
अनौठा,रमझमका,कुराहरु सुनेर,मष्तिस्क,कुतकुतीए पनि, मन,भूतभूतिए पनि,मलाई आफ्नो,मुख च्यात्ने,जाँगर चल्दैन,अनायासै,मुस्काउन,मन लाग्दैन,मलाइ,धेरै कुराहरु,मन पर्न,छाडिसके !मलाइ गर्न,मन लग्दैन ।
जीवनको,जी,हराएर,बाँकी रहेको,वन,बनेको,छ,त्यो ।
मलाई देखेर,सुन्न,चाहने,एउटीको,अगाडी,म बोलिन।केहि,बिगारेँ र ?
सँधै भरि,बाँच्न,मर्न हुन्न!त्यो,मिल्दैन,होइन र ?
साथी बन्ने रे,मेरो,मसँग,रमाइलो,लाग्छ रे,मलाई,विश्वास,लाग्दैन,त्यो कुरा ।
म,एउटा,ठूलो,सपना,दे्ख्छु,बिउझन्छु,त्यो सपना,पूरा गर्न,फेरी,निदाउने,प्रयास गर्छु,तर,निद्रै लाग्दैन ।के गरू म ?मेरो सपना,कसरी,पूरा होला !
झम-झम,पानिमा भिजेकी,उनलाई,हेरेर,ओतमा,बसेको,म,पुरै,भिजेँ।
मैले चाहे,हेर्दिन,भन्न सक्छु,तर किन,सुन्दिन,भनेपनि,कान,आँखा जसरि,बन्द हुन्न ?
मान्छेभन्दा,मन,पाको भएछ,त्यसैले,नगर्ने- नगर्ने,गर्न मन लाग्छ,र,मैले मनको अघि,हार,स्विकार्नै पर्छ ।
सांझ परेपछी,रात पर्छ रे,रात परेपछी,निदाईन्छ रे,त्यस्तो हुन्छ र?खै,मैले,याद गरेको,छैन ।
आफ्नाको,आफ्नू,माया,आफैलाई मात्र,हुदोँ रहेछ,सायद ।आजकाल ।
संसारमा,जो,जस्ता पनी,जसरी पनी,बाँचेका छन। हैन!बाँच्न पर्ला जस्तो छ ।म पनी ।यी,एस्तै गरी,हल्लेर,हल्लाएर ।
मैले भनेको,हुने भए,यो संसारमा,केही पनी,हुने,थिएन ।
म कोठामा,झूल टाँगेर,आफूलाई,प्रकृतिबाट,बाँधेर,नसुतेको भए,आजसम्म,ब्रमान्डका,तारा,गनेर भ्याउथेँ ।
आँखा चिम्लेर,मजाले,आफ्नो सुरमा,रमाए जस्तो, आँखा खोलेर, हेरेर,रमाएर,हुँदैन ।पुग्दैन ।
म अनकन्टारको,उदासीपन,र,बेहोसी,चाहन्थेँ,त्यसैले,तिमीलाई स्विकारेँ,थेँ,भन्न मन लग्छ ऐले ।
आफ्ना,एक-एक,बष्त्र र आभूषण,तिमीले उतार्दा,म,बस- हेरिरहेँ,मात्र हेरिरहेँ,अरू केहि गरिन,हेर्नु मा बिलिन भएँ,म समाधिस्त भएँ । तर,म आफ्ना,बष्त्र-बष्त्र,त्यती बिस्तार,बिस्तार,अझै,बिस्तारै,झिक्दै छु,तिमी किन निदाएको?
म;जब तिम्रो सर्वश्वो हेर्छु,लाज त तिमीले मान्नुपर्ने,तर,म नै,आफैं,आँखा लुकाउदैछु । तिमी;कि म?को-ले,त्यस्तो,जस्तो गरियो,गर्न हुन्नथ्यो?कि गरेको मिलेन र ?
समातेर तिमीलाई,फनन्न घुमाएर,फेरी घुमाउछु,अनि,समाउछुँ,भन्थें!हेर्न नपाउदै,आफैं,घुमिसकेँ ।
म थाकेको;देख्दिनौ;सारै भाछ,आज,सुतम न ल ।
मैले लेखे,लेखिन्छ,मैले बोले,सुनिन्छ,मैले छोए,पोल्छ वात्यस्तै केहि हुन्छ,मैले ताने,सास आउँछ,मैले छाडे,जान्छ । मलाइ,यस्तै कुरा मन पर्छन,मैले बोलेर पनी,नसुनिने,वा,बर्षौ पछि सुनिने,लेखेर पनी नदेखिने,वा,बर्षौमा देखिने,अहँ,यस्तो मन पर्दैन ।
राँके भूत भनेर तर्सौथे,नभए-नभएको छ भन्थे,खान्छ,जिउँदै खान्छ,भन्थे,राजा भनेर तर्साएको भए,सायद,कुनै दिन त डर भाग्थ्यो!त्यो राँके भूत;छ कि?कि, छैन पो कि ?
प्रसंग बदलिन,बेर लाग्दैन,तर क्षणिकमा,धेरै प्रसंग बदल्नु,मन पोलेकोले मात्र,गर्न जानेको हुन्छ,म जस्तो ले ।
रुनेहरु मलाइ,मन पर्दैनन;किन थाह छ?एक्लै रुन्छन,मसँग आउनु नी!सँगै जात्रा देखाउनु हुन्थ्यो ।
किन रुन्छेउ तिमी?मेरो लागी?जब म आफैप्रति बफदार हुन सकिन!त्यसैले,तिम्रो ह्रिदयको,मतलबै नगरी,म कुर्लन सक्छु,म त्यसमा एकतमासको ढोङ्ग देख्छु!!!र मलाई स्वाङ पार्नेहरु,मन पर्दैनन,तिमीलाई पर्न सक्लान,त्यो मेरो चिन्ताको बिषयरहेन ।
मैले कहिल्यै रून्छु भनिन,तर म कहिल्यै हाँसिन,मैले कसैलाई कहिल्यै गाली गरिन,तर आफू कहिल्यै सम्झाइईन,मैले कसैलाई कहिल्यै दु:ख दिइनतर अफू कहिल्यै सुखी भईन,मैले कसैलाई कहिल्यै नराम्रो गर्न चाहिन,तर आफू कहिल्यै राम्रो गरिइन! अकस्मात,अचानक,कसैले,राम्रो बोल्दा,सुख दिँदा,दु:ख दिँदा,पिट्दा,नपिट्दा,बोल्दा,नबोल्दा,रुँदा,रुँवाउदा, त्यसैले,मलाई केही जस्तै लाग्दैन,छाडिसक्यो, तर पनी मलाइ,सबैले,बाँचेको छ भन्छन,आँटेको छ भन्छन,साँचेको छ भन्छन,यस्ले केही गर्छ भन्छन,सायद – मेरो निधारमा त्यस्तो […]
टोलाएर,बोलाएर,लोलाएर,कोही,केही र कसैको,याद,चाह,अनी,सपनामा,हराउनु,हाँस्नु,हँसाउनु,हुँदो रहेनछ।गल्ती गरेँ!
जता हेरे पनी,जो सँग रहे पनी,जे गरे पनी,किन,समय रोकिँदैन?म रुन्छु, पल-पल,प्रत्येक क्षण रोईरहन्छु,तै,किन,मेरो आँशु पोखिदैन?किन ?
आकाश फुटाएर,धर्ती टुटाएर,आफैलाई लुटाएर,मन-मनै कुटाएर, धेरै कुराहरु,धेरै सपनाहरु,धेरै चाहनाहरु,धेरै ईच्छाहरु,धेरै कामनाहरु,म धुलो पार्छु। अनि,रोटि बनाएर खान खोज्छु, तर,नत मुछेको मिल्छ,नत बेलेको मिल्छ,न त रापेको मिल्छ,नत तापेको मिल्छ, अहँ रत्ती मिल्दैन,मेरो चल्दैन,मेरो केही गल्दैन, तर पनी त्यसले पिरोल्दैन,सायद,पिरोल्न त,पगाल्न त,हँसाउन त,रुवाउंन त,मन चाहिन्थ्यो होला,त्यसैले,त्यस्तो भएको ।
सधैं-सधैं हाँस्न खोज्नु,सधैं-सधैं नाँच्न खोज्नु,अनि सधैं-सधैं बाँच्न खोज्नु,जिन्दगीमा मैले यही मत्र गरें,अरू केही गरिन,अहँ केही गरिन, डलेको सिन्को पनी ऊठाईन, मेरो गल्ति त्यही थियो,मैले सबै गरें भनें,भनें मात्र,गरिन,था छ के पाएँ,अहँ केही पाईन ।
भविष्य,शब्द सुन्दा,भूतले तर्साए,जस्तो लाग्छ,फुक्न जान्छु सातो,वैध्य बाले फुकेर उडाईदिन्छन,एक क्षण – त्यस क्षण,सब शान्त हुन्छु,तर लाग्छ,जुन उनले उडाईदिए,त्यो उडेछ,तर त्यो भन्द ठूलो भविष्य,फुक्न जाँदाको क्षण उडेछ !
विवस भएर,पल-पल,पीडामा,रम्नु भन्दा त;पागल भएर,पल-पल,ब्यर्थैमा,हाँस्नु,राम्रो नि;होइन र?
संसारमा,लामा,गाेला,कुराहरू,अरू पनि छन् ।
Ris panityo kam naglagneghagadako pokatyoris panimitho lag6mitho hun6mayale risaunajannu par6mitho risaunajannu par6
malai maf gara
Sometimesu hold da love4 me ndsometimesi hold da luv 4 methere rthousand timesi miss ubut one timei get ui wish u be with mei wish u b with me
thorei,alikati,etti,bhanda,alli badi,ramrosanga,sutoko,ramro!
Raat aja,parthyo,bihana parsi!kati sutiyo,lekha rahena,sano chhada! kaile kahi,yesto hun6,testo hun6,kasto hun6,vane,tehi,purana din,samjhera,ma,nidra ma,dubna khoj6u,paile jasto,aile rahena,nidra lagne,kaile vayena, kt samjinu,hunna rai6a!..x..
Jaat,paat,maat,haat,laat,saath,sabei,ghumi rahe,feri ghume,pratikshya ma,teseiko,raat ko,ho!😡
Sabei khojchhan,maya,sabei bujchhan,chhaya,sabei garchhan,daya-baya,bujdeina,gardeina, mandina,mero yo,mann,😉
Kehi chaha,kehi aas,katei saath,katai haat,thorei biswas,itti saas,paye,jindagi,unko naam,samarpan!
Just an eye,i smiled,she replied,i felt acceptance,just a word,hi she said,yea! I said,i felt interest,just a call,whisper i made,giggle she gave,i felt charm,just a aideu,she uttered,bbye! i shyed,i felt left,just a touch,her lips my lips,she cried,i felt care,just a wish,cud share ma lif,she shared,i felt dare. Just a fren,i been of her,she felt,i felt,we felt,love!
Aakha aakas tira,maathi farkayera,dherei para herda,seto badal le lattha pareko,ani,nilo aakasle jhulayeko,pal,ma kasaiko,yaad gariraheko hun6u
नमीठा कुरा सुन्दा मन नमीठो भयो । मीठा कुराले मन गुलियो भयो । सँधै, गुलिया कुराहरू गर्दे मन मीठो पार्दै बस्ने एउटा साथीको खोजीमा छु ।
चारैतिर धुम्म बादलले घेरेको बेला पानी पर्ला भन्न मलाइ पनी आउँछ । तर, तिम्रो चेहराको कालो निलो बादलको भविष्यवाणी गर्न नसकेर मैले, आफ्नो जिन्दगी बिगारेँ । बिगार्दै छु !
कस्तो, कति किन, कसरी के, को, कुन कसलाई, कसले कहाँ, केमा कसको, कसकी कहिले, कतिखेर ! यी शब्दहरुलाई प्रसंगबस मिलाएर केहि भावको आश गरि फ्याकिएको बोलीले कुराकानी लम्ब्याउछ। तर मलाई, बोल्न मन छैन !
कुनै बोलीमा उत्तरको अपेक्षा छैन भने त्यो प्रश्न हैन ! त्यो बर्तालापको निरन्तरता सम्भब छैन नगर्नु !
एउटा भाव दुइटा भाव हजारौं भाव खाँदेर लेखेको एउटा वाक्यलाई टुक्रा-टुक्रा पार्दा मनशा बनेको थियो बन्छ !
आजकल मलाई पाइन्ट हातले माथि सारेर सिमसिम पानीले भिझेको हरियो घाँसले भरिएको चौरमा खाली खुट्टा बिस्तारै बिस्तारै हिड्न मन लाग्छ।
के भएर हो खै भुइँको रंग अनि आकाशको रंग अर्कै देखिन्छ निलो, साटिलो देखिन्न ! हेराई हो वा कृतिमता !
केहि लेख्न नजान्ने म भौंतारिदै शब्द-शब्दहरुमा मनशा लेख्छु !
फूलको मायालु आत्मियता अनि मायालु साथमा हुने रोमान्चकता एउटै लाग्छन । एउटा बस् हेर्न मन लाग्छ अर्कोलाई चुम्न !
म कोठामा झूल टाँगेर आफूलाई प्रकृतिबाट बाँधेर नसुतेको भए आजसम्म ब्रमान्डका तारा गनेर भ्याउथेँ !