Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

डर

आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ । मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !

Tagged with:

आजकल

आजकल  बिना कारणबिना प्रसङ्ग नबोल्ने, नलेख्ने, नगर्ने आदत लागेको छ।

Tagged with:

चिल्ला फोटा भित्रका पीडाहरु

नेपाल न विदेशदैनिक व्यस्तताले हकानिएर  माध्यम र सूचनाको फरक गम्न नचाहेर, रातो, सानोचारपाटे नोटिफिकेसनमाखुसिको आशा थोपरेर   आफ्ना संस्कार, आफ्ना साहित्यर आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर    अपरिचित लाईकको पछी दौडेको “आधुनिक मान्छे” !  आफ्नो नाम * ,  आफ्ना फोटा अनी  नबुझेको तर बुझेको झैँ लाग्ने  नचिनेको तर चिने झैँ लाग्ने  नचाहेको तर चाहे झैँ लाग्ने  नखोजेको तर खोजे झैँ लाग्ने  काम […]

Tagged with:

हर्केदाई र मान्छेहरु

आजकल मान्छेले ट्विटर चलाउदैन । फेसबूक चलाउदैन । इन्टरनेट पनी चलाउदैन । आजकल ट्विटरले मान्छे चलाउछ । फेसबूकले मान्छे घुमाउछ । इन्टरनेटले मान्छे थकाउछ । हर्के दाई दश कट्ठा जग्गाको आली लगाएर थाक्दैनन । एक डोका साग कराउदै बेचिसक्दा नी ओठ सुकाउदैनन ।

Tagged with:

हेडसेट

दुई घण्टा भएछ, कानमा, हेडसेट टाँसेर, स्याँ… (silence) सुनेर बसेको | जैले यस्तै हुन्छ |

Tagged with:

बानेश्वोर चोक

कुनै, कारण रहेन अब | साथ, छुट्ने कुरो | मन, टुट्ने कुरो | मात, नलाग्ने कुरो | उमेरले दिन्छ रे | त्यसैले, साझँमा, बानेश्वोर चोकमा, मन्द पानी परेको बेला, बाटो हिड्ने बटुवा, आजकल, अपरिचित लाग्छन !

Tagged with:

संबिधान

संबिधानको धाराझै, मेरो साथी, अपहरित भएको छ | उसको कथा मात्र, मसंग छ | [palpasa cafe]

Tagged with:

रंग

नीलो मसीवाल कलमले, रातो अक्षर लेखेको छ | रंगले आजकल आफ्नो, भाषा बदलेको छ | [palpasa cafe]

Tagged with:

समय

कसैलाई, बिर्सने बहाना खोजेको | आजकल, यादहरु आउदैनन, बोलाउनु पर्छ | केहि लेख्ने प्रयास गरेको | आजकल, कुराहरु फुर्दैनन, फुराउनु पर्छ ! समय न रैछ !

Tagged with:

एकतमास, संसार जे खोज्छ, त्यहि खोजिरहेछु, संसारको भएको छु | म, आफ्नो रहन, सकिन!

Tagged with:

क्या लाइफ छ !

बिहान उठ्नु, मुख धुनु, (कैलेकाही बिर्सिन्छ यो पनि ) नास्ता गर्नु, अफिस जानु, काम गर्नु, घर आउनु, हल्का पल्टिनु, खान खानु, सुत्नु, अनि, फेरी सुरु बाट | क्या लाइफ छ !

Tagged with:

आजकल

आजकल, सम्झना मा जिउदै छु, आशमा, जिउदै छु, ‘उसले देखेको म’, जिउदैछ !

Tagged with:

मुसो – muso

आजकल मुसाहरुले, आलु खादैनन, मेरो computer को, तार काट्छन, सत्यानास होस् !

Tagged with:

आजकल – aajkal

अचानक, पर बाट, कसैले बोलायो कि, झैँ, मानें, हैन रैछ! म आजकल, टोलाउने भा छु, यस्तै!

Tagged with:

आजकाल

आफ्नाको,आफ्नू,माया,आफैलाई मात्र,हुदोँ रहेछ,सायद ।आजकाल ।

Tagged with:

आजकल खाली खुट्टा हिड्न मन लाग्छ

आजकल मलाई पाइन्ट हातले माथि सारेर सिमसिम पानीले भिझेको हरियो घाँसले भरिएको चौरमा खाली खुट्टा बिस्तारै बिस्तारै  हिड्न मन लाग्छ। 

Tagged with: