Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

नाच

बूढीमाउ त जुरुक्क उठिन् र क्यासेट फेरी रिवाइन्ड गरिन् । त्यही गीत आयो । झमझम पानी पर्यो अषाढको रात पारिबाट बज्न थाले मकैका पात… लट्ठी फालेर सर्लक्क मेहरो मार्दै उनि सिमलको फूलझैँ हलुङ्गो भइन्, हात हल्लाएर नाच्न थालिन् । हावाले पात हल्लाएकोजस्तो भयो । मेरा हात पनि तानिन् । म उनीसंगै नाच्न खोज्दा झमझम पानीमा […]

Tagged with:

हजुरआमा र दुई शब्द

“पढपढ”, उनले भनिन् – “बूढीमान्छे, गन्थन मात्र आउँछ ।” “तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा, झिजो लाग्दैन ।” “भन्दियौ नी !” “मैले साँचो भनेको ।” “ल बा,” उनले भनिन् – “दुई शब्दले पनी सन्चो भो ।” [ पल्पसा क्याफे 7 ]

Tagged with:

अमेरिका / कलाकार

“तिम्रो त अम्रिका जाने सुर छैन ?” “हजुरआमाले मन्दिर यहीं छन्, देउता यहीं छन् भन्नुभएको होइन ?” “ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?” “म चित्रकार हुँ हजुरआमा”, “चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।” [ पल्पसा क्याफे 7 ]

Tagged with:

पुरानो काठमाण्डौं

सडकभन्दा अगाडि बिमानस्थल बनेको र मोटरभन्दा अगाडि जहाज चढ्ने नेपालीहरु बसेको यो राजधानी । घरभन्दा बढी मन्दिर र मन्दिरभन्दा बढी देवता भन्ने सुनेको सही हो भन्ने मलाई परिरहेछ । राति झ्यालमा टाढा कतै बहालबाट आइरहेको मधुर भजन एकोहोरो सुनिन्छ । कुनै गतिविधि छैन । सहरको कुनै आवाज छैन । रातभरि भजन भइरहेको र तेलको दियो […]

Tagged with:

कलाकार र बुद्ध

कलाकारसँग सकिदैन । उनीहरु अर्को संसार रचना गर्छन् । अर्कै भूगोल निर्माण गर्छन् । र आफूले चाहेअनुसारका पात्र बनाउँछन् । यी बुद्ध कस्तरी हेर्दै छन् हेर्नेक आखैमा बस्ने गरी ! मैले मूर्ति बनाएँ भने बुद्धका आँखा अर्कै बनाउन सक्छु । मेरो मूर्तिमर्फत बुद्धले यस्तरी नहेर्न सक्छन् । ती बुद्धका आँखामा भ्रान्ति हुन सक्छ । म […]

Tagged with:

चित्रकार

चित्रकारका लागी प्रदर्शनी लेखका लागि पुस्तक प्रकाशनजस्तै हो । गायकका लागि स्टेज परफर्मेन्सजस्तै हो । पत्रकारका लागि बाइलाइन स्टोरीजस्तै हो । [ पल्पसा क्याफे 6 ]

Tagged with:

रचना

रचनाका लागी तन्मय हुन सक्नुपर्छ । तनावलाई कसरी निकास दिने, आफैमा भर पर्छ । [ पल्पसा क्याफे 6 ]

Tagged with:

प्रेम

"ट्रेन कतिखेर छुट्छ ?", "छुटिसक्यो |", "किन त्यसो गर्नुभा?", "तिमीले गर्दा |", "मैले के गरे ?", "केहि गरिनौ |" [palpasa cafe]

Tagged with:

संबिधान

संबिधानको धाराझै, मेरो साथी, अपहरित भएको छ | उसको कथा मात्र, मसंग छ | [palpasa cafe]

Tagged with:

रंग

नीलो मसीवाल कलमले, रातो अक्षर लेखेको छ | रंगले आजकल आफ्नो, भाषा बदलेको छ | [palpasa cafe]

Tagged with:

एकाबिहानै

एकाबिहानै सन्किनुको, के अर्थ हुन्छ ? [palpasa cafe]

Tagged with:

तिमी

तिमीलाई भेटेको साँझदेखी म समयको नियन्त्रणमा छैन ! मलाई, त्यस्तै लाग्दै छ समय तपाइको नियन्त्रणमा छ ! उसले भनी ! [ पल्पसा क्याफे ]

Tagged with:

पल्पसा

म एउटी साधारण केटि हुँ ! तपाई भन्नुहुन्छ, तपाईका लागि म ऐना हुँ | त्यस्तै लाग्छ म निर्जिब हुँ | मेरो तात्पर्य के भने म आफ्ना लागि केही पनि होइन | के नठान्नुहोला भने म अरुका लागि हुँ | म त्यो पनि होइन | जो आफ्नै लागि हुन सक्दैन, अरुका लागि के हुन सक्ला ? […]

Tagged with:

मन परेपछि

"म पहिलोपल्ट कसैलाई कोट्याएर आफ्नो परिचय दिदैछु.. ", मैले भनेँ | म आफ्नो समय स्याउझैं काटेर टक्र्याईरहेछु | [ पल्पसा क्याफे ]

Tagged with:

हेराइ

तिम्रो हेराइको, परिबेशबाट , बाहिरिउं, यो मैले, सोच्न सक्दिन !

Tagged with:

पल्पसा क्याफे पढेपछि

पल्पसा क्याफेको चिठी, कसैले मेरो नाममा, सम्बोधन गरेर, (नगरेपनि) भागे जस्तो लाग्छ,   प्रिय, भूपाल   ..तपाइले मलाई, सुटुक्क चोर्नु भयो, र, आफै, हराउनु भयो !     …आखिर तपाई, हुनुहुन्छ नै को, जो, अर्कालाई थप्पड हानेर, हराउछ ?     .. प्रेम भन्ने, शब्द नै, किन उद्दरण गर्नु भयो, जब तपाई, सच्चा हुन सक्नुहुन्न […]

Tagged with: