Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

बोली

यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा  ताल्चा लगाएर  मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले  बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले  ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु । 

Tagged with:

कुराहरु

कुराहरु जोड्न मिल्छन गुणन गर्न मिल्छन  तर घटाउ अनि भागा गर्न मिल्दैनन । कान चिम्लन सकिन्न  बोली बिर्सन सकिन्न ।  बिर्सिनु भन्दा टाडीनु सजिलो झेल्नु भन्दा भाँडीनु सजिलो ।  या त थोरै बोल्ने  अनि थोरै सँग सुमधुर सम्बन्ध राख्ने,  या धेरै बोल्ने, सुस्त बोल्ने अरुको सन्मान गर्न सक्नेसँग  कसको के चल्ला र ?

Tagged with:

जे नी बोल्नेहरु

बोली हरेकले फ्याक्छन बोल्न सजिलो छ नी  तल माथिको  ओठ हल्लाउने  भित्रबाट घाँटी रगडेर  आन्द्रा बटारेर सास फ्याक्ने ! कसको के जान्छ र  बोल्ने नी, हैन र ? त्यै त,  सजिलो छ  जे बोले नी भो  बाल मतलब ! यस्तो सोच्नेहरू मरे भनेनी  म सोक मनाऊ गर्ने छैन !    

Tagged with:

बोली

मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म  को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।

Tagged with: